Trend

फागुन ४-२०८० ,

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले आफूले कुनै कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताएका छन् । इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेपछि उनले पनि आज (सुक्रवार) पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू मिथ्या रहेको बताएका हुन् ।

शर्मिला श्रेष्ठले कँडेलले आफूलाई मात्र नभई वाद्यवादक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनलाई पनि अन्याय गरेको बताएकी थिइन् । श्रेष्ठले आफूलाई कँडेलले यौन हिंसा गरेको आरोपसमेत लगाएकी थिइन् । कँडेलले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको भन्दै प्रश्न गरेका छन् ।

‘शर्मिला बहिनी रुँदै ह्यारेस्मेन्ट गरेको कुरा गर्नुभएछ । बहिनीको रोइहाल्ने बानी हो’, उनले भने, ’यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान दाइ’ भन्दै ढोग गर्नुभएको थियो ।

आफूले गल्ती गरेको भए कानुनी बाटो समातेर जेल हाल्न कँडेलले अनुरोध गरे । आफूलाई प्राप्त सहयोगको सबै हरहिसाब स्पष्ट राखेको पनि उनले बताए । इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय संस्थामा कार्यरत ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा उनीहरूसँग बुझ्दा पनि प्रष्ट हुने उनले बताए । thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज ११, २०८२ शनिबार 5 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 9 Views

गजल

  अषोज ११, २०८२ शनिबार 10 Views

गजल

  अषोज ११, २०८२ शनिबार 11 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 10 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

  भाद्र ७, २०८२ शनिबार 11 Views

शिक्षक म – (छ्न्द शार्दूलविक्रीडित)

ताजा अपडेट
धेरै पढिएको

TOP