बुधबार ०६ साउन २०८३

निम्ब तरु

भन्दा हुने भयो
बुटवल एउटा शहर हो
कुनै चोकमा मेरो मन उम्रिएको छ
भन्दा हुन्छ
समयले कति सालिकहरु उखेलिसक्यो
कति वृक्षहरु जरैबाट उखेलिए
उखेलिएर माटोसँग वृक्ष स्वतन्त्र हुन सक्दैन
मेरो मन
एउटा जीवनसँग उखेलिएर स्वतन्त्र हुन सक्दैन

भन्दा भैगयो
कुनै एकादेशको कथा थियो दन्ते कथा
चौतारोमा केटाकेटी भेला पार्यो
अनि भन्यो दन्ते कथा
तिनाउको किनारै किनार

फाल्देको छु तिनाउमा
एउटा बोत्तलमा भरेर चिठ्ठीहरु
जोसुकैले भेटाउन
वा नभेटाउन
मैले मन फाल्देको छु

भेटायो भने पलकझपट
खाली शिशी खाली कागजवाला भेटाउनेछ
त्यो बोत्तल
र खुशी हुनेछ कम्तिमा
सुका पैसा /

त्यागेर प्रेम म बुद्ध त भइनँ
वैरागी चाहिँ अवश्य भएको छु
तर सडकमा छैन्
अरु मान्छेहरु त्यागेपछि म सखी बनेर जंगलमा छु ।

यो कविताको पन्ना सडकमा उडिरहेको धुलोसँगै उडिरहेको थियो
लाग्छ लेखेको थियोे कसैले
बिशिष्ट भोजहरुको स्वाद लिएपछि
अनेकौं शौखहरु पूरा भएपछि
लेखेर फाल्यो
भन्दा हुन्छ
कविता लेखेर फाल्यो
मैले भेटाएँ चौरस्तामा
धरती अपवित्र पार्न रहिरहेको छु अझै
कुनै शोभासंकेत बिना ।

भन्दा हुन्छ
बिराएको छ वृक्षले छाया
भने हुन्छ
बिराएको छ घामले रोशन ।।

प्रकाशन मिति : २०८० फागुन ५


Last Updated on: February 17th, 2024 at 3:57 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया