Trend

निम्ब तरु

भन्दा हुने भयो
बुटवल एउटा शहर हो
कुनै चोकमा मेरो मन उम्रिएको छ
भन्दा हुन्छ
समयले कति सालिकहरु उखेलिसक्यो
कति वृक्षहरु जरैबाट उखेलिए
उखेलिएर माटोसँग वृक्ष स्वतन्त्र हुन सक्दैन
मेरो मन
एउटा जीवनसँग उखेलिएर स्वतन्त्र हुन सक्दैन

भन्दा भैगयो
कुनै एकादेशको कथा थियो दन्ते कथा
चौतारोमा केटाकेटी भेला पार्यो
अनि भन्यो दन्ते कथा
तिनाउको किनारै किनार

फाल्देको छु तिनाउमा
एउटा बोत्तलमा भरेर चिठ्ठीहरु
जोसुकैले भेटाउन
वा नभेटाउन
मैले मन फाल्देको छु

भेटायो भने पलकझपट
खाली शिशी खाली कागजवाला भेटाउनेछ
त्यो बोत्तल
र खुशी हुनेछ कम्तिमा
सुका पैसा /

त्यागेर प्रेम म बुद्ध त भइनँ
वैरागी चाहिँ अवश्य भएको छु
तर सडकमा छैन्
अरु मान्छेहरु त्यागेपछि म सखी बनेर जंगलमा छु ।

यो कविताको पन्ना सडकमा उडिरहेको धुलोसँगै उडिरहेको थियो
लाग्छ लेखेको थियोे कसैले
बिशिष्ट भोजहरुको स्वाद लिएपछि
अनेकौं शौखहरु पूरा भएपछि
लेखेर फाल्यो
भन्दा हुन्छ
कविता लेखेर फाल्यो
मैले भेटाएँ चौरस्तामा
धरती अपवित्र पार्न रहिरहेको छु अझै
कुनै शोभासंकेत बिना ।

भन्दा हुन्छ
बिराएको छ वृक्षले छाया
भने हुन्छ
बिराएको छ घामले रोशन ।।

प्रकाशन मिति : २०८० फागुन ५

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २३, २०८१ बुधबार 6 Views

गजल-✍️डिल्ली राज घिमिरे

  माघ २३, २०८१ बुधबार 13 Views

माया आफ्नै गाउँको – (लोक छन्द)

  मंग्सिर १३, २०८१ बिहिबार 19 Views

मियो

  मंग्सिर ११, २०८१ मंगलबार 23 Views

डढेलो – (इन्द्रबज्रा छन्द)

  कार्तिक २३, २०८१ शुक्रबार 22 Views

भरौटे र ठालु : (छन्द भुजङ्ग प्रयात कविता)

  कार्तिक १८, २०८१ आइतबार 34 Views

तिहार (उपजाति छन्द)

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP