Trend
बुधबार , असार ४, २०८२

श्याम घिमिरे,
फागुन १४ अर्घाखाँची

शान्ति माध्यमिक विद्यालय भुमिकास्थान ४ धारापानीको ६५ औं वार्षिकोत्सब समारोह आइतवार सम्पन्न भएको छ । समारोहको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताउनुभयो । थापाले शिक्षा क्षेत्रमा बिद्यालले महत्वपुर्ण योगदान पु¥याएको भन्दै बिद्यालयको समग्र बिकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर केसिको अध्यक्षता, शिक्षक बिरेन्द्र पौडेलको स्वागत मन्तब्य र कृष्णप्रसाद बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, ४ नम्वर वडाअध्यक्ष बाबुराम पन्थी सुनार , कार्यपालिका सदस्य ठाकुर सौराग,स्थानिय राजनितिक दलका प्रतिनिधि लगायतले वार्षिकोत्सब कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिद्यालयका प्रअ गोपाल प्रसाद शास्त्रीले बिद्यालयको शैक्षिक,भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा उत्कृष्ट बिद्यार्थीलाई वार्षिक पुरस्कार वितरण तथा अक्षयकोष छात्रवृत्ति वितरण गर्नुका साथै बिद्यालयले संचालन गरेका बिभिन्न खेलमा बिजेता हुने टिमलाई पुरस्कार समेत वितरण समेत गरिएको थियो ।

कार्यक्रममा सोहि बिद्यालयमा २० बर्ष अध्यापन गराई अहिले सन्धिखर्क नगरपालीका वडानम्बर २,मा रहेको भगवती माबिमा सरुवा भइ जानुभएको बिद्यालयका तल्कालिन प्रअ पदम पन्थी र सेवानिवृत्त अुनुभएका शिक्षक जगत खड्कालाई बिदाई समेत गरिएको थियो ।

कार्यक्रममा स्वर्गीय कृष्ण बहादुर खत्रीको सम्झनामा स्थापना गरीएको कृष्ण खत्री स्मृति अक्षयकोषका स्थापनादाता एवं स्वर्गीय खत्रीकी जिवन संगिनि साबित्रा रायमाझी (केसी)लाई सम्मानसंगै अक्षयकोषबाट बितरण गरीने पुरस्कार सहित विभिन्न बिधामा उत्कृष्टता हासिलगर्ने छात्रछात्राहरुलाई पुरस्कार बितरणपनि गरएिको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा फलफुल वितरण

कालो चश्मा – (अनुष्टुप् छन्द)

गजल

एमाले निकट जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न,युवा सेलिब्रेसन कार्यक्रममा सहभागी हुन अध्यक्ष भुसालको निर्देशन

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

सन्धिखर्कमा साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


TOP