Trend
बुधबार , फागुण ६, २०८२

फागुन २३ -नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउन व्यस्त भएका छन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ ।

आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेले गृह र अर्थमध्ये एउटा आफ्नो भागमा हुनैपर्ने बताए पनि दुवै मन्त्रालय नपाउने भएको छ । गृह वा अर्थमध्ये एउटा मन्त्रालय पाएको पाए उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने योजनामा रहेको एमालेले अब सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्री पठाउने भएको हो । रघुवीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने सम्भावना छ ।

यस्तै माओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाउने भएको छ । नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने सम्भावना छ । सरकारमा सहभागिताको विषयमा जनता समाजवादी पार्टीले कुनै निर्णय दिएको छैन ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा औपचारिक निर्णय गरेको छैन । एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले पनि वैकल्पिक गठबन्धनमा निम्तो दिएको समाचार बाहिरिएका थिए । प्रचण्डले धोका दिएको भन्दै कांग्रेस सभापति देउवाले नयाँ गठबन्धन बनाउन एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतका दलसँग छलफल गर्नुभएको  छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तीन वटै प्रदेशमा आफ्ना मन्त्रीहरू बर्खास्त भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP