Trend

श्याम घिमिरे
फागुन २६ सन्धिखर्क

त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीले आफ्ना शेयर सदस्यहरुलाई एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सनिवार सम्पन्न सन्धिखर्कमा सम्पन्न गरेको छ । सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले साक्षरता कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभयो ।

करीब एकसय जना शेयर सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा सहकारीको परिचय, ईतिहास, महत्व, सहकारीको आवश्यकता यसको प्रकृति,सहकारीको कार्यक्षेत्र, सदस्यहरुको काम कर्तव्य र अधिकार , सदस्यहरुको भुमिका, संस्थाको बर्तमान अवस्था, नीतिनियम,भ्रमण, गुनासो तालिम, सुझाव संकलनलगायतका बिषयबस्तुलाई समेटिएर तालिम संचालन गरीएको संस्थाका सदस्य तथा शिक्षा उपसमितिकी संयोजक माधवा घिमिरे भुसालले जानकारी दिनुभयो । कार्यक्रमा संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरे,व्यवस्थापक तुल्सीराम खनाल, शिक्षा उपसमिति संयोजक माधवा घिमिरे भुसाल र सञ्चालक समिति सदस्य शिव बेल्वासेले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको थियो ।

२०६८ सालमा स्थापित संस्थामा हाल १ हजार ३६ जना शेयर सदस्य संगै २ सय ५५ जना बाल बचतमा आबद्ध रहेको संस्थाका व्यवस्थापक खनालले बताउनुभयो । करिब १८ करोडको कुल पुँजी रहेको सहकारीमा ११ करोड भन्दा माथी ऋण लगानी , ११ करोड ६४ लाख बचत र ३ करोड ५८ लाख रुपैयाको शेयर पुँजि रहेको खनालले जानकारी दिनुभयोे । १ करोड ६ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ९.३ प्रतिशत लाभांस रकम बितरण गरेको संथाका सचिव नारायण प्रसाद भुसालले बताउनुभयो । संस्थाले बिभिन्न सामाजीक कार्यसंगै सचेतनामुलक गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको भुसालको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP