Trend

श्याम घिमिरे
चैत ५ अर्घाखाँची

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नगरपालीकाको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी सिंगो नगरपालिका माथिनै प्रहार भएको बताउनु भएको छ । भूमिकास्थान नगरपालिका वडाम्वर ९ ढिकुराको सन्देवा (चरेपानी) को चुनढुङ्गा उत्खनन सन्दर्भमा भूमिकास्थान नगरपालीकाले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्ट प्रालिलाई सिफारिस पत्र पठाएको भनी नगरप्रमुख थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरि सामाजिक संजालमा गलत प्रचारप्रसार भएको विषयलाई लिएर नगरपालिकाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख थापाले सो कुरा बताउनु भएको हो । कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्दै मेयर थापाले यो बिषय गम्भिर अपराध भएकोले यस विरुद्ध कानुनी प्रकृयामा जाने प्रतिबद्धता समेत जनाउनुभयो ।

नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको उत्खनन गर्ने नहुने भनी कार्यपालिकाको बैठकले निर्णय गर्दा पनि उत्खनन हुने ठाउँसम्मको मोटरबाटो खन्ने कार्य कानुन र निति बिपरित रहेको बताउनुभयो । थापाले कुनै पनि हालतमा उक्त स्थानमा उत्खनन गर्न दिने पक्षमा आफुहरु नभएको भन्दै सदाका लागि उत्खनन् कार्य बन्द गर्न पत्र समेत पठाइ सकिएको जिकिर गर्नभयो । २०७९ भदौ महिनाको १७ गते र असोज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुंगा उत्खनन् गर्न नदिने निर्णय गरेको थापाको भनाइ छ ।

खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिश गरी पठाएको भनिएको पत्रमा दर्ता/चलानी नं. ५८५ रहेको छ । यता नगरपालिकामा भने ५८५ नम्बरको चलानी पत्र संघीय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पठाएको देखिएको छ ।

खानिलाई गत पुस ८ गते वडानं.९ को कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको पत्रमा उल्लेख रहेको छ । वडानम्बर ९ का वडाअध्यक्ष खेमराज चुँदालीले खानी तथा भूगर्भ विभागलाई पत्र लेख्दै नकरात्मक प्रभावहरु न्यूनिकरण गर्नेगरी स्थानिय सरकारसंग समन्वयगरी उत्खनन गर्ने योजना कार्यान्वयन गर्न मिल्ने भनि सिफारिस गरेको भएतापनि आफुले गरेको सिफासिरमा भने चँुदालीले फरक अभिव्यक्ति दिनुभयो । चुँदालीले स्थानियको दबाफमा सिफारीस पत्र दिएको खुलासा समेत गर्नुभयो ।

यता नगरपालिकाको लेटर प्याड, छाप र हस्ताक्षर कसरी दुरुपयोग भयो भन्ने विषयमा छानबिन र अनुसन्धान भइरहेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जवाफ दिनुभयो । आचार्यले अब आफुहरु कानुनी बाटोबाट अगाडी बढ्ने बताउनुभयो ।

नगरले २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई खानी खोल्ने आशय सहितको सिफारिस पत्र नगरप्रमुखको हस्ताक्षर गरेर पठाएको देखिन्छ तर, नगरप्रमुख थापाले भने सो पत्र किर्ते भएको दाबि गरेसंगै यस बिषयले जिल्लामा चर्चा पाएको छ । यसको आधिकारीक पुष्टीभने थप अनुसन्धान र छानविनपछि मात्रै थाहा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP