Trend
बिहिबार , साउन २, २०८२

श्याम घिमिरे,
चैत १३ अर्घाखाँची

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानं ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयले हिरक महोत्सवको तयारीलाइ तीव्र पारेको छ । सोही अन्र्तगत विद्यालयले मंगलवार विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीलगायतका बिषयमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक मानबहादुर पाण्डले आगामी बैशाख ३ गते मनाइने हीरक महोत्सवको तयारीलाइ तिब्र पारीएको बताउनुभयो । पाण्डेले हीरक महोत्वसलाई सभ्य, भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न हीरक स्मारिका प्रकाशन समिती निर्माणसंगै बिभिन्न उपसमितीहरुको निमार्ण, अन्तरकृया,भेटघाट, तथ्याङ्ग संकलन लगायत अन्य कामहरु गरिराखिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका वडानं ५ का वडाअध्यक्ष तिलक मिश्रले हीरक महोत्सव समारोहलाई सफल पार्न मन,वचन,कर्म संगै आर्थिक हिसावले पनि सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो । महोत्वस सम्पन्न गर्न झण्डै ४० लाख रुपैयाको अनुमान गरिएको भन्दै वडाअध्यक्ष मिश्रले बजेट व्यवस्थापनका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । बिद्यालयको सिकाई उपलब्धीलाई बृद्धि गर्ने तर्फपनि आफुहरुको ध्यान गएको बताउदै मिश्रले आगामी दिनमा अंग्रेजी माध्यमको पढाईलाई थप व्यवस्थित गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले हीरक महोत्वसलाई सफल बनाउन मिडियाको तर्फबाट साथ सहयोग रहने बताउनुभयो । पुर्व बिद्यार्थी समाजका अध्यक्ष नारायण भुसालले महोत्सवलाई सफलपार्न पुर्व बिद्यार्थीहरुपनि सक्रियताका साथ लागिपरीरहेको बताउनुभयो ।

अर्घाखाँची जिल्लामा कम्प्युटर ईन्जिनियरिङको कक्षाहरु संचालन गर्ने एकमात्र विद्यालय शान्ति मावि २०१९ साल बैशाख ३ गते स्थापना भएको थियो । यसअघि २०४४ सालमा रजत महोत्सव, २०६९ सालनमा स्वर्ण महोत्सव मनाएको बिद्यायलयले २०८१ बैशाख ३ गते हीरक महोत्सव मनाउने कार्यलाइ तिव्ररुपमा अगाडी बढाइ रहेको छ ।

२०७६ सालदेखी कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरेको बिद्यालयले कक्षा १२ को पहिलो ब्याजको बोर्ड परिक्षामा संलग्न सवै ३६ जना बिद्यार्थीहरुलेनै उच्च ग्रेड सहित सफलता प्राप्त गरेका थिए भने विद्यालयबाट हालसम्म एसइई मा १८ सय २२ जना, प्लसल टु शिक्षा संकायतर्फ ४७० जना र व्यवस्थापन तर्फ २३३ जना उत्तीर्ण गरि देश बिदेशमा प्रतिष्ठित व्यक्तीहरु बिद्यालयले उत्पादन गरिसकेको विद्यालयले जनाएको छ ।

जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम, विद्यालयका शिक्षक माधव पन्थीको सञ्चालन र सहायक प्रधानाध्यापक तारा प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।    

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP