बुधबार ३० बैशाख २०८३

चैत १५, नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। मुटुमा समस्या भएपछि नेता रायमाझीलाई बुधबार भर्ना गरिएको थियो।  उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए।उनको मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको पौडेलले बताए।

‘रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा. पौडेलले भने, ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’ रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। source:thahakhabar


Last Updated on: March 28th, 2024 at 5:23 am
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया