Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
चैत २१ अर्घाखाँची-

मालारानी गाउँपालिका वडानं. ५ बाँगीमा विशेषज्ञ सेवा सहितको एकदिने वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बाँगीमा रहेको उदीयमान जनजागृती क्लवको आयोजना र ५ नं वडाकार्यालयको सहकार्य एवं चौराहा हस्पिटल प्रा.लि. बुटवल र बाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा यहि चैत्र २३ गते शुक्रबारको दिन बाँगी स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा जनरल फिजिसियन विशेषज्ञ सेवा सहित हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा,नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, स्त्रीरोग विशेषज्ञ सेवा र मुटुको इसीजी, ब्लड सुगर जाच लगायतका सेवाहरू उपलब्ध हुने क्लबका अध्यक्ष अशोक चौहानले जानकारी दिनुभयो ।

शिविरको उद्देश्य ग्रामीण तहमा रहेका धेरै मानिसहरू लाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु रहेको भन्दै अध्यक्ष चौहानले यसका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । चौहानले आफ्नो स्वास्थ्य समयमै चेक जाँच गराई स्वास्थ्य लाभ लिन आग्रह समेत गर्नुभयो । क्लबले पुस्तकालय स्थपनादेखी बिभिन्न सामाजिक एवं चेतनामूलक कार्यहरु गर्दे आइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP