Trend
बुधबार , असार ४, २०८२

श्याम घिमिरे,
चैत २१ अर्घाखाँची-

मालारानी गाउँपालिका वडानं. ५ बाँगीमा विशेषज्ञ सेवा सहितको एकदिने वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बाँगीमा रहेको उदीयमान जनजागृती क्लवको आयोजना र ५ नं वडाकार्यालयको सहकार्य एवं चौराहा हस्पिटल प्रा.लि. बुटवल र बाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा यहि चैत्र २३ गते शुक्रबारको दिन बाँगी स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा जनरल फिजिसियन विशेषज्ञ सेवा सहित हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा,नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, स्त्रीरोग विशेषज्ञ सेवा र मुटुको इसीजी, ब्लड सुगर जाच लगायतका सेवाहरू उपलब्ध हुने क्लबका अध्यक्ष अशोक चौहानले जानकारी दिनुभयो ।

शिविरको उद्देश्य ग्रामीण तहमा रहेका धेरै मानिसहरू लाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु रहेको भन्दै अध्यक्ष चौहानले यसका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । चौहानले आफ्नो स्वास्थ्य समयमै चेक जाँच गराई स्वास्थ्य लाभ लिन आग्रह समेत गर्नुभयो । क्लबले पुस्तकालय स्थपनादेखी बिभिन्न सामाजिक एवं चेतनामूलक कार्यहरु गर्दे आइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा फलफुल वितरण

कालो चश्मा – (अनुष्टुप् छन्द)

गजल

एमाले निकट जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न,युवा सेलिब्रेसन कार्यक्रममा सहभागी हुन अध्यक्ष भुसालको निर्देशन

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

मेरो दैनिकी 


TOP