Trend

के पी भुसाल ’अजस’

मुस्कान छर्दे नववर्ष आउ,
हटाइ अज्ञान नयाँ सोंच ल्याउ ।
छोएर छाती अति नै रमाइ,
स्वागत् छ हाम्रो नववर्षलाई ।।

सोचेर धेरै नववर्ष आउ,
पीडा सबैका मनका धपाउ ।
सकाउ सारा दुख कष्टलाई,
स्वागत् छ हाम्रो नव वर्षलाई ।।

हटाइ हाम्रा मनभित्र लेउ,
पापी सबैमा सतबुद्धि देउ ।
घाती सबैमा गुनले झपार,
स्वागत् छ हाम्रो खुसले सकार ।।

विगत् दुखीमा दुखजो थमाए,
हुरी चलाए ढुकुटी उडाए ।
छेकेर हावा खजना वचाउ,
स्वागत् छ औधी दुखमा सघाउ ।।

नेपाल हाम्रो छ महान देश,
आफ्नै छ राम्रो पहिचान भेष ।
मिलेर बस्छौं सब भाइ भाइ,
स्वागत् छ हार्दिक् नव वर्षलाइ ।।

पेसा नमिल्दा कति दाजुभाइ,
विदेश जान्छन् मुटु मन् जलाइ ।
स्वदेश भित्रै पसिना लगाउ,
विन्ति छ हाम्रो नव वर्ष आउ ।।

नयाँसाल हाँस्दै अव आउआउ,
विवेक राख्दै सनकी धपाउ ।
हटाउ पीडा मनुका धपाइ,
स्वागत् छ लाखौं नव वर्षलाई ।।

अमूल्य जीवन् नभुलौं कसैले,
बचाइ बाँच्ने अब हो सबैले ।
हउन् सबैका हरपल् खुसीमा
नयाँ वर्षको छ शुभकामना ।।

प्रकाशन मिति :२०८१ बैशाख १

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP