Trend

के पी भुसाल ’अजस’

मुस्कान छर्दे नववर्ष आउ,
हटाइ अज्ञान नयाँ सोंच ल्याउ ।
छोएर छाती अति नै रमाइ,
स्वागत् छ हाम्रो नववर्षलाई ।।

सोचेर धेरै नववर्ष आउ,
पीडा सबैका मनका धपाउ ।
सकाउ सारा दुख कष्टलाई,
स्वागत् छ हाम्रो नव वर्षलाई ।।

हटाइ हाम्रा मनभित्र लेउ,
पापी सबैमा सतबुद्धि देउ ।
घाती सबैमा गुनले झपार,
स्वागत् छ हाम्रो खुसले सकार ।।

विगत् दुखीमा दुखजो थमाए,
हुरी चलाए ढुकुटी उडाए ।
छेकेर हावा खजना वचाउ,
स्वागत् छ औधी दुखमा सघाउ ।।

नेपाल हाम्रो छ महान देश,
आफ्नै छ राम्रो पहिचान भेष ।
मिलेर बस्छौं सब भाइ भाइ,
स्वागत् छ हार्दिक् नव वर्षलाइ ।।

पेसा नमिल्दा कति दाजुभाइ,
विदेश जान्छन् मुटु मन् जलाइ ।
स्वदेश भित्रै पसिना लगाउ,
विन्ति छ हाम्रो नव वर्ष आउ ।।

नयाँसाल हाँस्दै अव आउआउ,
विवेक राख्दै सनकी धपाउ ।
हटाउ पीडा मनुका धपाइ,
स्वागत् छ लाखौं नव वर्षलाई ।।

अमूल्य जीवन् नभुलौं कसैले,
बचाइ बाँच्ने अब हो सबैले ।
हउन् सबैका हरपल् खुसीमा
नयाँ वर्षको छ शुभकामना ।।

प्रकाशन मिति :२०८१ बैशाख १

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 25 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP