
श्याम घिमिरे,
बैशाख ३ अर्घाखाँची-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालमा श्रमको मूल्य धेरै कमी भएकोले नेपाली श्रमीकहरु महंङ्गो मूल्यमा श्रम बेच्न विदेशमा जान बाध्य भएको बताउनु भएको छ । सोमवार शान्ति माध्यमिक विद्यालय मालारानी ५ बाँगीको हीरक महोत्सव समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री महराले विदेश गएका मान्छे कोही पनि तानेर नेपाल फर्कने वाला नभएको भन्दै हरेक बस्तुको मूल्य जसले जहाँबाट बढी प्राप्त गर्छ त्यहाँ लगेर बेच्ने गरेको स्मरण गराउनु भयो । श्रमको मूल्य उच्च बनाउने आँट गरेमा सबै नेपालमै आउने दाबि गर्दे मुख्यमन्त्री महराले महराले गालीले दुनिया नचल्ने भन्दै बुद्धि विवेकले चल्न सबैलाइ आग्रह समेत गर्नुभयो ।
अर्घाखाँची जिल्ला शैक्षिक विकासका हिसाबले धेरै अगाडी बढि सकेको बताउदै महराले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । को निरन्तरता संगै व्यावसायिक तथा वैज्ञानिक शिक्षातर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । गुणस्तरीय शिक्षाको खोजीमा मानिसहरु गाउँवाट सहर पसेको भन्दै महराले सामुदायिक विद्यालयमा राज्यले ठुलो लगानी गरेकोले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै लाग्नुपर्ने बताउनुभयो । महराले हिजोको तरिकाले अहिले पढाइ नहुने भन्दै त्यसकोलागी समय अनुसार प्रबिधिमा जोडिनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले पढ्नकैलागी शहरतीर जाने अबस्थालाइ शान्ति माबिले अन्त्य गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । मन्त्री आचार्यले जिल्लाको विकास निर्माणमा जिल्लावासी सधै एकजुट हुने गरेको भन्दै आगामी दिनमा पनि यसप्रकारको सहकार्यले निरन्तरता पाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
संघिय सांसदद्धय शुसिला सिर्पाली र बिजुला रायमाझीले शिक्षक बिद्यार्थी र अभिभावक बिच राम्रो सम्बन्ध भएमा शिक्षा क्षेत्रमा सुधार हुने बताउनुभयो । सांसदद्धयले बिद्यार्थीको रुची र क्षमता अनुसार शिक्षा प्रदानगर्नुपर्नेमा जोड पनि दिनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षता,वडानं. ५ का वडाअध्यक्ष तिलक मिश्रको स्वागत मनतव्य र बिद्यालयका सहायक प्र.अ माधव पन्थी र शिक्षक बसन्त खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानिय राजनितिक दलका नेता सहित नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
बिद्यालयका प्रअ मानबहादुर पाण्डेले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लोक तथा दोहोरी गायक विष्णु खत्री र मोहित मुनालले बिशेष सांगितिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयलाइ बिभिन्न क्षेत्रमा सहयोगगर्ने सहयोगीदाताहरुलाइ सम्मान समेत गरिएको थियो ।