Trend

बैशाख २१ अर्घाखाँची,

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले यातायात व्यवसायिको हितमा नभएका ऐन कानुन संशोधन गर्ने बताउनुभएको छ । निजि क्षेत्रको सहयोग नभए मुलुकले समृद्धि हांसिल गर्न नसक्ने भन्दै आचार्यले थपघट गरि व्यवसायी र नागरिकको हितमा हुनेगरि निति तथा कानुन बनाउने वचन दिनुभएको हो । देउराली यातायात प्रा.ली.अर्घाखाँचीको दोस्रो साधारणसभा तथा अधिवेशनको सुक्रवार सन्धिखर्कमा उद्घाटन गर्दै मन्त्री अचार्यले यस्तो बताउनुभएको हो । आफु अघिल्लो पटक मन्त्री हुँदा अर्घाखाँचीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि अर्को सरकारले कार्यान्वयन नगरेको उहाँको आरोप छ । यसपटक यातायात व्यवसायीको अहितमा रहेका ऐन शंसोधन गरि आवस्यक कानुन बनाउने र यातायात यवस्था कार्यालय खोल्ने अघिल्लो निर्णयलाई कार्यान्वयन गर्ने मन्त्री आचार्यको प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै मन्त्री आचार्यले ठेक्दारको लापरबाहीका कारण जिल्लाका महत्वपूर्ण बाटोको निर्माणकार्य द्रुतगतिमा अगाडि बढ्न नसकेको भन्दै निर्माण कार्यलाइ तिब्रता दिन अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का अध्यक्ष दधिराम खरेलले सरकार आफ्नो स्वार्थमा तल्लिन हुँदा यातायात व्यवसायीहरु धरासायी भएको आरोप लगाउनुभएको छ । अग्रिम कर बुझाएर नागरिकको सेवामा खटिएका यातायात व्यवसायीहरुका समस्या समाधानमा सरकार तत्पर नभए आफुहरु सडक संघर्षमा जाने उहाँको चेतावनी छ । समय अनुकुल निति परिवर्तन नहुँदा यात्रु र व्यवसायी दुवै पक्षले पाइला–पाइलामा समस्या खेप्नुपरेको चर्चा गर्दै अध्यक्ष खरेलले समय अनुकुल निति बनाइदिन सरकार र राजनितिक दलहरुलाई आग्रह समेत गर्नुभएको छ । २६ लाखमा आउने गाडिलाई सरकारले ३ सय प्रतिशत सम्म कर जोडेर ५६ लाख पुर्याएको भन्दै यसरी व्यवसायी चल्न नसक्ने उहाँको भनाई छ । मुल्यमा नभइ सेवामा स्वस्थ प्रतिष्प्रधा गर्न नयाँ यातायात व्यवसायीहरुलाई अध्यक्ष खरेलको सुझाव छ ।

सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई र जिल्ला समन्वय सदस्य लक्ष्मण कंडेलले देउराली यातायात प्रा.ली.ले अर्घाखाँचीमा पुर्याएको योगदानको प्रशंसा गर्दै गुणस्तरिय सेवामा निरन्तर लागि पर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, एमाले जिल्ला सचिव तोज बहादुर रायमाझी विधान, माओवादी केन्द्रका प्रदेश सदस्य ठाकुर सौराग, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राप्रपाका जिल्ला सचिव महेन्द्र श्रेष्ठ र नेकपाका जिल्ला प्रतिनिधि विजय सिंहले पनि सम्बोधन गर्नुभएको थियो ।

सुरक्षित र गुणस्तरिय सेवा दिन यातायात क्षेत्रलाई आग्रह गर्दै दलका नेताहरुले देश विकास र जनताको सेवामा अहोरात्र खट्ने यातायात क्षेत्रको पक्षमा आफुहरु सदैव रहने वचन समेत दिएका छन् । कार्यक्रममा स्वर्गद्धारी यातायातका प्रबन्धक चन्द्रमान श्रेष्ठ, अम्बेश्वरी यातायातका अध्यक्ष घनश्याम बस्नेत, गुल्मी यातायातका अध्यक्ष रुपकलाल श्रेष्ठ र देउराली यातायातका पूर्व अध्यक्ष योगेन्द्र खड्काले पनि मन्तव्य राख्नुभएको थियो । देश विकासको एउटा अंग बनेर सेवा दिंदै आएका यातायात व्यवसायीलाई राज्यले अपहेलना गरेको उहाँहरुको गुनासो छ । जनताका प्रतिनिधि र ब्युरोक्रेसीबाटै आफुहरुले आवस्यक सम्मान पाउन नसकेको यातायात व्यवसायीका नेताहरुको तर्क छ ।

देउराली यातायात प्रा.ली. अर्घाखाँचीमा आबद्ध व्यवसायीका प्रतिनिधिहरु, कर्मचारी तथा अन्य सरोकारवालाहरुको उल्लेख्य सहभागितामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शोभाखर पन्थी, अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ र अर्घाखाँची ब्यापार संघका सदस्य नेत्र प्रसाद भुसालले पनि सम्बोधन गर्नुभएको थियो । निजि क्षेत्रले राज्यलाई कर तिर्दा समेत घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य नभए यो देशले प्रगति गर्न नसक्ने उहाँहरुको तर्क छ । साधारणभाको अवसर पारेर देउरालीले संस्थापक अध्यक्ष दुर्गा प्रसाद भुसाल, पूर्व अध्यक्षहरु देवराज श्रेष्ठ, प्रेम खत्री र योगेन्द्र खडकालाई सम्मान समेत गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बन्जाडेको अध्यक्षता, उपाध्यक्ष भेष बहादुर वि.सी.को स्वागत मन्तव्य र महासचिव प्रेम पाण्डेको संचालनमा सम्पन्न भएको हो । बन्दशत्र सनिवार बिहान ९ बजेबाट सुरुहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP