
श्याम घिमिरे,
बैशाख २९ अर्घाखाँची
सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानं ६ नरपानीमा सनिवार एकदिने वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिरमा वातजन्य रोगहरू,नशा सम्वन्धी रोगहरू, छाला सम्वन्धी रोगहरू,श्वासप्रश्वास सम्बन्धी रोगहरू, आँखा,मुख सम्वन्धी रोगहरू, पिसाब सम्वन्धी रोगहरू,पाइल्स,फिस्टुला,फिसर, जन्डिस,मधुमेह (सुगर), प्रेसर,बालरोग साथै महिलाहरुमा हुने प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न रोग सम्बन्धी समस्या भएका २१९ जनाको स्वास्थ्य परीक्षण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभयो । शिबिरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा संगै परीक्षणसंगै आयुर्वेदिक औषधी समेत निशुल्क बितरण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले जानकारी दिनुभएको छ ।

शिबिरको एक कार्यक्रमका बिच सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दे नगरप्रमुख श्रेष्ठले व्यक्तिको ठुलो सम्पति भनेको उसको स्वास्थ्य भएकोले आफ्नो शरीरलाई सधै स्वथ्य मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जिवन जिउन सहजहुने भन्दै शिबिरबाट भरपुर फाईदा लिन स्थानियहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
सन्धिखर्क नगरपालीका ६ नम्बर वडाअध्यक्ष श्रीधर महत्रा क्षेत्रीको अध्यक्षता र वरिष्ठ वैध टेकनाथ भुसालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, सन्धिखर्क नगरपालिका वडानं ७ का अध्यक्ष चुरा वहादुर केसी, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुन राज शर्मा, नगर स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र का निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य , पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, नरपानी स्वास्थ्य चौकी इन्चार्ज श्रवण पन्थी, जन स्वास्थ्य निरीक्षक प्रकाश परीयार,खाँचिकोट स्वास्थ्य चौकी इन्चार्ज प्रेमचन्द्र विक लगायतको उपस्थिति रहेको थियो ।
शिबिरमा आयुर्वेद चिकित्सक डा. अर्जुन राज शर्मा, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक कमल प्रसाद आचार्य र डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले स्थानियको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । नगरपलीकाले गतबर्ष सन्धिखर्क ९ अर्घामा पनि एकदिने वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जसमा ३१० जनाको स्वास्थ्य परीक्षण गरिएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभएको छ ।