Trend
मंगलबार , असार ३१, २०८२

के पी भुसाल ’अजस’

आमा छ तिम्रो अनमोल शक्ति,
पाउँ सधै धेर अदृश्य शक्ति ।
चाहिन्छ आमा हरकाम शुध्दि
हटाइ अज्ञान सघाउ बुध्दि ।।

संसार सारा बुझि सक्नु छैन,
भन्ने कसोरी भनि साध्य छैन ।
भेटिन्छ सारै सुखमा कृपालु ,
सकिन्न भेट्नै दुखमा दयालु ।।

दया र माया मनभित्र हुन्छ,
जो गर्छ मायाँ मुटु भित्र राख्छ ।
तनाव पीडामा सहयोग दिन्छ,
निस्वार्थ भाव तब नै बुझिन्छ ।।

आमा रहेछौ वसुधा समान,
को बुझ्छ तिम्रो ममता कमान ।
हो शब्द आफै जननी महान,
र हुन्छ औलाद सधै अजान ।।

उन्नति देख्दा सब हाइ भन्छन्,
नाता सुधारेर शुभेच्छु बन्छन् ।
सघाइ धेरै पनि साथ दिन्छन्,
दुखी भएमा तर साथ छोड्छन् ।।

सोध्छन् अरू काम कमाइ भेट्दा,
रुन्छिन् मुमा सन्तति खिन्न देख्दा ।
दुखाइ पीडा मनका बुझेर,
सामर्थ्य दिन्छिन् धरती बनेर ।।

राखेर गर्भाशयमा अपत्य,
लुकाइ सास्ती दुख लाज कष्ट ।
र अङ्ग तोडेर दिएर जन्म,
हुर्काइ दिन्छिन् जननी सुकर्म ।।

माया मिलेमा सहजै अरूको,
पाइन्छ स्वार्थी पनता क्षिपेको ।
उदार देवी जननी तिमीहो,
हुदैन केही सपना लुकेको ।।

प्रकाशन मिति :२०८१ जेठ ११

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 25 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

TOP