Trend

जेठ २५, २०८१- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज मुख्यमन्त्रीमा नियुक्त सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभयो । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाललाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी) बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने र ऊर्जा तथा सिँचाइ मन्त्रीमा बेंची लुंगेली नियुक्त हुनुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रीमा नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुम र श्रम तथा यातायात मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह नियुक्त हुनुभएकाे छ ।

यसैगरी मधेश प्रदेशको मन्त्रिपरिषद्‍मा एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्रीमा केशव राय र जनमतकी रञ्जु खंगले विनाविभागीय राज्यमन्त्रीको शपथ लिनुभएको छ । जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले अस्ति प्रदेश सभामा विश्वासको मत गुमाउनुभएको थियो । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको हो । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP