
के पी भुसाल ’अजस’
प्यारा तिमीता अव फर्क आउ,
प्यासी जवानी रस ली रमाउ ।
मलम् लगाउ खजुली धपाउ,
पर्खन्न जवानी अबता सघाउ ।।
गर्छन् सगिनी कसरी रजाइँ,
लिएर साथी सङमा रमाइ ।
देख्दा अरूको मन खिन्न हुन्छ,
उदेक लाग्छ तनभार बढ्छ ।।

चट्कन्छ छाती कसरी थमाउँ,
चढ्दोछ यौवन् कसरी बुझाउँ ।
छाड्यौ विमानी किन हो रुवाइ।
भुलेर वाचा गदरी बनाइ ।।
टोलाइ हेर्दा नभमा जुनेली,
उर्लेर बग्छन् मनका बिचल्ली ।
केही नदेख्दा खुसका तरेली,
न देह सन्चो न सुके परेली ।।
म जान्छु उद्यान उदेक बढ्दा,
थपिन्छ वैराग तमास देख्दा ।
फर्कन्छ कोही सङमा रमाइ ,
फर्कन्छु मैले मन यो जलाइ ।।
कि आउ प्यारा कित आश् मार,
दोधार यस्तो बिचमा नपार ।
पन्छाइ काँडा पथका हजार,
छ जानु टाढा कलिको बजार ।।
पर्खन्छ मान्छे मनले सकारी,
पर्खन्न मौका युगले अजारी ।
छ डुब्दै जवानी मन भित्र लेउ,
संझेर प्यारा अब फर्कि आउ ।।
प्रकाशन मिति :२०८१ जेठ २५