Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ’अजस’
प्यारा तिमीता अव फर्क आउ,
प्यासी जवानी रस ली रमाउ ।
मलम् लगाउ खजुली धपाउ,
पर्खन्न जवानी अबता सघाउ ।।

गर्छन् सगिनी कसरी रजाइँ,
लिएर साथी सङमा रमाइ ।
देख्दा अरूको मन खिन्न हुन्छ,
उदेक लाग्छ तनभार बढ्छ ।।

चट्कन्छ छाती कसरी थमाउँ,
चढ्दोछ यौवन् कसरी बुझाउँ ।
छाड्यौ विमानी किन हो रुवाइ।
भुलेर वाचा गदरी बनाइ ।।

टोलाइ हेर्दा नभमा जुनेली,
उर्लेर बग्छन् मनका बिचल्ली ।
केही नदेख्दा खुसका तरेली,
न देह सन्चो न सुके परेली ।।

म जान्छु उद्यान उदेक बढ्दा,
थपिन्छ वैराग तमास देख्दा ।
फर्कन्छ कोही सङमा रमाइ ,
फर्कन्छु मैले मन यो जलाइ ।।

कि आउ प्यारा कित आश् मार,
दोधार यस्तो बिचमा नपार ।
पन्छाइ काँडा पथका हजार,
छ जानु टाढा कलिको बजार ।।

पर्खन्छ मान्छे मनले सकारी,
पर्खन्न मौका युगले अजारी ।
छ डुब्दै जवानी मन भित्र लेउ,
संझेर प्यारा अब फर्कि आउ ।।

प्रकाशन मिति :२०८१ जेठ २५

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP