Trend

श्याम घिमिरे,
असार ६ सन्धिखर्क
सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसीमा आँखा परीक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क ग्रिन ईङ्लिस बोर्डिङ्ग स्कुलको आयोजना र नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा स्याहार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा बुधवार बिद्यालयमै करिब १ हजार ५० जना बिद्यार्थीहरूको दृष्टि परिक्षण गरिएको हो विद्यालयका प्रिन्सिपल टेकबहादुर थापाले जानकारी दिनुभयो ।बिद्यालयको वार्षिक कार्ययोजना अनुसार विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको विद्यालयका सहायक प्रिन्सिपल नारायण भुसालले बताउनुभयो । १ हजार ५० जना बिद्यार्थीहरूको दृष्टि परिक्षण गर्दा १२० जनाको दृष्टी दोष अथवा चश्मा लगाउनुपर्ने समस्या देखिएको आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताउनु भयो ।

दृष्टि दोषको समस्या भएका मध्ये १५ जना बिद्यार्थीलाइ आँखा उपचार केन्द्र अर्घाखाँचीमा आवश्यक थप उपचार तथा व्यवस्थापनकोलागी अस्पताल पठाउन सुझाव दिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसंगै आँखाको भित्री भाग, दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको घिमिरेले बताउनुभयो । चेकजाचको क्रममा बिद्यार्थीहरुमा आँखा पाक्ने समस्या ,एलर्जीको समस्या, आँखा सुख्खा हुने समस्या र अल्छी आँखा अर्थात समयमै आँखा चेक नगराउने लगायतका समस्याहरु भेटिएको घिमिरेले बताउनुभयो ।
वर्षमा एक पटक आँखा चेकजाच गराउन,बिद्यार्थी भर्ना पूर्व दृष्टि परिक्षण गर्न, हरीयो सागसब्जी खान, जंक फुडहरु नखान,घाम तथा धुलोमा कम खेल्न,व्यक्तिगत सरसफाइमा ध्यानदिन,चश्मा लगाएका बच्चाहरुले हरेक ६/६ महिनामा चश्माको पावर चेक गराउन लगायतका सल्लाह सुझाव र परामर्श दिइएको घिमिरेले बताउनुभयो ।

यसैबिच कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुकालागि दुई घण्टे आँखा स्वास्थ्य अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेसंगै नेत्र सहायक सन्देश घिमिरे,आँखा प्यारामेडिक्स तारा बन्जाडेलगायतको टिमले सहजिकरण गरेको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले विद्यालयमै आएर विद्यार्थीहरुको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नकालागि सुविधा पुगेको बताउनुभयो । बिद्यालयमै आँखा चेकजाच गराउन पाउदा आफुहरु खुसी भएको बिद्यार्थीहरुको भनाइ छ ।

निःशुल्क आँखा परिक्षण कार्यक्रमले प्रत्येक विद्यार्थीको आँखाको अवस्थाका बारेमा जानकारी भएको र विद्यार्थीका अभिभावकलाई समेत जानकारी गराइने बिद्यालयले जनाएको छ । यसबाट आँखाको चेकजाँज गराउनु पर्छ भन्ने मान्यता जगाउने काम हुनुको साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने ज्ञान जगाउने विश्वास समेत रहेको बिद्यालयको दाबि रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP