Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ’अजस’

जय जय भगवान जय जय नाथ,
ज्ञान सिप देउ प्रभु दुबै एकै साथ ।
राम्रा राम्रा बुद्धि देउ हामी सबै लाई,
मायाँ गर्न जानौं प्रभु हामी भाइ भाइ ।।

सुखी दुखी बिच भयो सारै ठूलो दूरी,
बस्छ कोही महलमा छैन कतै धुरी ।
खान्छ कोही रोजीरोजी छैन कतै मुठी,
समानता देउ प्रभु मर्म सारै बुझी ।।

जहाजमा जता पनि लाग्दा धेरै चोट,
सारथिला लाज छैन हाँक्न खोज्छ अझ ।
बुद्धि देउ अज्ञानीला घोटालेलाई चोट,
रक्षा गर ,प्रभु अब नत्र ढल्च बोट ।।

खाडी बाट कति आयो पसिनाको मोल,
राखे जस्तो भयो सबै काँडालाई खोल ।
छैन खाँन कसैलाई खोलेसाग झोल,
हेर प्रभु कहाँ गयो पसिनाको मोल ।।

फिनी चोर ढाडेलाइ भेटाउने हैन,
भाँडो चाट्ने म्याउ म्याउ छुटेको नि छैन ।
जय जय भगवान चिन ढाडे चोर,
पसिनाको मोल खाने पार सबै खोर ।।

मौरी बस्ने घम भित्र डाइना बढ्डै गए,
कामगर्ने कर्मी जति भोकभोकै रहे ।
बसीखाँने धेरै भए सारै दुख डिए,
न्याय पाउँ प्रभु अव जप्छौं जय जय ।।

गाई बस्ने गोठ्मा सधै गधा एकछत्र,
भारी बोक्छ गधा पनि मालिकको मात्र ।
दुध दिने गाई भए सबै अलपत्र ,
न्याय गर प्रभु अव खोल तिम्रो छत्र ।।

बगैंचाको रखवारी ढेडुं पाङ्ग्रे पाए,
उद्यानका फलफूल सबै खाइ भ्याए ।
मुख हेर्दा बुजा थिए चुपचाप रहे,
यस्तो खेल हटाउ प्रभु जप्छौं तिम्रै जय ।।

खाँनु खाए पालै पालो फल धेरै खाए,
पाक्न पनि नदिएर बत्तीलैमा खाए ।
फूल खाँदा नपुगेर हाँगै भाँचि खाए,
यो चालला हटाउ प्रभु जप्छौं हामी जय ।।

सिधासाधा लडाएर आफू रूख चढ्छन्,
माथि माथि लटरम्म भुइँ बाट हेर्छन् ।
हेर्दा हेर्दै फल सबै लुछाचुँडी गर्छन्,
यस्तो चाल हटाउ् प्रभु नत्र रूख ढाल्छन् ।।

प्रकाशन मिति :२०८१ असार १८

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP