Trend

शिव बेल्वासे
असार २८ अर्घाखाँची
गरिबी निवारणको लागि जैविक खेती अभियानको आयोजना, UNDP GEF SGP को आर्थिक सहयोगमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ५ र ६ जुकेनामा चारहजार पाँचसय मरिङ्गा विरूवा वितरण कार्य सम्पन्न भएको छ ।

“ड्रमस्टिक ट्री“ वा “चमत्कारी रूख“ भनेर समेत परिचित मरिङ्गा खेतीले पर्यावरणीय, पोषणात्मक, र आर्थिक लाभ प्रदान गर्दै स्थानीय समुदायको स्वास्थ्य, वातावरण, माटोको गुणस्तर सुधार, अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि , ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, आत्मनिर्भरता, आर्थिक अवस्थालाई सुधार, पोषण, पर्यावरण संरक्षण, र आर्थिक समृद्धि जस्ता विविध क्षेत्रहरूमा महत्वपूर्ण योगदान पु¥याउने संस्थाका अध्यक्ष फर्शुराम आचार्यले बताउनुभयो ।

गरिबी निवारणको लागि जैविक खेती अभिया (OAMPR) का अध्यक्ष फर्शुराम आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा शितगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष चन्द्रमणी बेल्वासे, कार्यक्रम संयोजक शिव बेल्वासे ,कृषि प्राविधिक भिमलाल घिमिरे , साझा फूलबारी महिला कृषि सहकारी संस्थाका अध्यक्ष बसन्ता आचार्य, व्यवस्थापक मिना पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रममा शितगंगा नगरपालिका वडा नं ५ र ६ का ६२ जना महिला कृषकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP