Trend
बिहिबार , माघ २, २०८२

शिव बेल्वासे
असार २८ अर्घाखाँची
गरिबी निवारणको लागि जैविक खेती अभियानको आयोजना, UNDP GEF SGP को आर्थिक सहयोगमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ५ र ६ जुकेनामा चारहजार पाँचसय मरिङ्गा विरूवा वितरण कार्य सम्पन्न भएको छ ।

“ड्रमस्टिक ट्री“ वा “चमत्कारी रूख“ भनेर समेत परिचित मरिङ्गा खेतीले पर्यावरणीय, पोषणात्मक, र आर्थिक लाभ प्रदान गर्दै स्थानीय समुदायको स्वास्थ्य, वातावरण, माटोको गुणस्तर सुधार, अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि , ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, आत्मनिर्भरता, आर्थिक अवस्थालाई सुधार, पोषण, पर्यावरण संरक्षण, र आर्थिक समृद्धि जस्ता विविध क्षेत्रहरूमा महत्वपूर्ण योगदान पु¥याउने संस्थाका अध्यक्ष फर्शुराम आचार्यले बताउनुभयो ।

गरिबी निवारणको लागि जैविक खेती अभिया (OAMPR) का अध्यक्ष फर्शुराम आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा शितगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष चन्द्रमणी बेल्वासे, कार्यक्रम संयोजक शिव बेल्वासे ,कृषि प्राविधिक भिमलाल घिमिरे , साझा फूलबारी महिला कृषि सहकारी संस्थाका अध्यक्ष बसन्ता आचार्य, व्यवस्थापक मिना पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रममा शितगंगा नगरपालिका वडा नं ५ र ६ का ६२ जना महिला कृषकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP