Trend

के पी भुसाल  ‘अजस’

छ ख्याति तिम्रो अति भानुभक्त,
पुकार गर्छौ खुस भै सशक्त ।
स्रष्टा तिमी हौ जनमा महान,
ठूलो छ तिम्रा कृतिको कमान ।।

घाँसी सुनायो जब एक तथ्य,
उत्साह् बढायौ शुभकाम लक्ष ।
बसेर केही कविता जुरायौ,
सारै खुसी भै मनमै रमायौ ।।

महत्व रामायणको बुझेर,
भाषा नेपाली यसमै रमेर ।
सरल् बनायौ अनुवाद गरेर,
पढ्छौं खुसी भै अहिले झुमेर ।।

रहेछ रामायणता महान,
मानिन्छ शाश्वत् यसको कमान ।
तिम्रा अनेकौं रचना पढेर,
आनन्द मान्छौं महिमा बुझेर ।।

आचार्य तिम्रो तनता छुटेर,
लाग्यौ महापन्थ बिदा भएर ।
एकल् हिडेका क्षितिजै तरेर,
सामीप्य पुग्यौ शिवकै भएर ।।

शरीर तिम्रो मनुकै भएको,
भेट्दैन कोही अबता डुलेको ।
सुकार्य तिम्रा गरिमा छ धेर,
अम्मर भएछौ नभ मै नक्षत्र ।।

घुम्ने छ धर्ती जबसम्म मस्त,
याद् मा हुनेछौ कवि भानुभक्त ।
सम्मान गर्छौ सबले नुगेर,
आदिकविकोझप्रतिमा पुजेर ।।

प्रकाशन मिति :२०८१ असार २९

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 24 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP