Trend

के पी भुसाल ‘अजस’

भोलेनाथ महापिता जगतका ध्यान् गर्दछौं भक्तले,
श्रीसिद्धेश्वर नाममा हजुरको,जप् गर्दछौ आत्मले ।
गर्छौं पूजन हर्षसाथ शिवको, माफ्होस् भए भूलमा,
भोले देव सधै कृपा हजुरको, विन्ती छ है पाउमा ।।

गौरीनाथ अनेक रूप जसको जान्दैन कोही यहाँ,
नानारूप र काम बास महिमा के भ न्नु अज्ञानमा ।
जस्तो रूप जहाँ रहे पनिसधै, श्रध्दा छ है भक्तको,
अज्ञानी जन छौं सधै सरणमा पाउँ दियो ज्ञानको ।।

जय् जय् देवाधिदेव शङ्कर पिता,ब्रह्माण्डका नायक,
हे स्वामी निलकण्ठ नै हजुरहो, पीडा हुदा रक्षक ।
हाम्रा यी मन भित्र कुण्ठित सबै अज्ञान् हटुन् भक्तका,
ॐजय् जय् शिव शंकर प्रभुका,पर्छौ सधै पाउमा ।।

ॐ कैलास् पति भक्तवत्सल पिता,पाउँ कृपा नाथको,
सेवा गर्न सकौं सधै अभयमा, हे नाथ् महादेवको ।
लागोस् चित्त सधै सनातन निकै, रक्षा दिगो गर्नमा,
ॐ शिव् शंकर देवले भुलहुदा, क्षमा दिनोस् भक्तम ।।

प्रकाशन मिति :२०८१ साउन ६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP