Trend
बुधबार , फागुण ६, २०८२

साउन ६- मुग्लिन–नारायणगढ सडकको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली पनि सहभागी भएको छ । हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली पनि सहभागी भएका गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ । भारतीय टोली एक हप्ता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुइवटै वस र यात्रु हराइरहेका छन् ।बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस र ३७ जना यात्रुको अवस्था थाहा भएको छैन । घटना भएकै दिनदेखि शसस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले प्रविधिसहित निरन्तर खोजी गर्दै आएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP