Trend

साउन ७
आज साउन महिनाको पहिलो सोमबार । सौर र चान्द्रमानअनुसार यो पहिलो सोमबार हो । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा रहेको छ । नेपाल तथा भारतका शिवालयहरुमा श्रद्धालुभक्तजनहरुको घुइँचो लागेको छ । काठमाण्डौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय,अर्घाखाँचीको सिद्धेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ । पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ । यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एंव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ । यो वर्ष साउनको ७ गते सहित १४,२१ र २८ गते सोमबार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP