Trend

श्याम घिमिरे,
अर्घाखाँची साउन १८

अर्घाखाँचीमा गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियमको उल्लंघन गर्ने छ हजार पाँचसय ४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार २०८० साउनदेखि २०८१ असार महिना सम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ५० बस, ७ सय ४२ ट्रक, २ हजार २ सय १६ जिप कार, ४ सय ३४ ट्याक्टर, २ हजार ४ सय २ मोटरसाइकल र १ सय ६० वटा अन्य साधनगरी छ हजार पाँचसय ४ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव निरीक्षक निरज गौतमले जानकारी दिनुभयो ।

यस्तै एक बर्षको अवधिमा सवारी साधन कारबाहीबाट ४२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरीएको प्रमुख गौतमले बताउनुभयो । संकलित राजश्व आ.व २०७९/०८० को तुलनामा झण्डै २२ प्रतिशतले वृद्धि भएको गौतमको भनाइ छ ।

यस अवधिमा जिल्लामा ३६ वटा सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन भने, २३ जना गम्भिर र ४८ जना सामान्य घाईते भएको कार्यालयका हवल्दार मनोज आचार्यले बताउनुभयो । मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिलाई कारबाही गरीएको आचार्यले बताउनुभयो । मोटरसाइकल चालकले लाइसेन्स बिना र मदिरा सेवन गरी मोटरसाईकल चलाउँदा कारबाहीमा पर्ने गरेको आचार्यले उल्लेख गर्नुभयो ।

यसैबिच जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको छ । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका ७ सय जना बिद्यार्थीहरु संगै व्यवसायी, चालक,परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारण गरी ३४ हजार भन्दा धेरैजनालाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख गौतमले बताउनुभयो ।

पछिल्लो समय जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुको अलवा जिल्लाका बिभिन्न सडकहरुमा ट्राफिक सचेतनामुलक सम्बन्धी होर्डिङ् बोर्ड राख्ने र जेब्रा क्रसिङ गर्ने कार्यलाई तिब्रता दिएसंगै आगामी दिनमा दुर्घटना न्यूनिकरण हुनेमा आम नागरीकले अपेक्षा गरेका छन ।

तस्विर : जि.ट्रा.प्र. कार्यालय अर्घाखाँचीको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP