बिहिबार ३१ बैशाख २०८३

श्याम घिमिरे,
साउन १८ अर्घाखाँची

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले अबको महिला आन्दोलन समानताको लागि हुनुपर्ने बताउनु भएको छ । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पुर्याउनुपर्ने भनेर संविधानमा उल्लेख भएपनि त्यसो हुन नसकेको भन्दै हमालले अबको महिला आन्दोलन समानताकालागि हुनुपर्नेमा जोड दिनु भयो ।

अखिल नेपाल महिला संघ अर्घाखाँचीको एघारौंं जिल्ला सम्मेलनको सुक्रवार सन्धिखर्कमा उद्घाटन गर्दै हमालले आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बनेको बताउदै राणा शासनदेखि गणतन्त्र स्थापना सम्म महिलाहरुको लडाई ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको जिकिर पनि गर्नुभयो ।

एमाले केन्द्रिय सदस्य समेत रहनुभएकी हमालले आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरु प्रतिफल पाउने बेलामा भने पछाडी पर्ने गरेको स्मरण गराउदै महिलाहरुलाइ प्रतिनिधि सभा,प्रदेश सभा र स्थानिय तहको निर्वाचनमा सांसद र प्रमुख पदमा प्रतिस्पर्धा गर्न आब्हान गर्नुभयो । उहाँले दश रेक्टर स्केलको भूकम्प आउदापनि संगठनलाइ कसैले हल्लाउन नसक्नेगरी संगठन निर्माणमा लाग्न निर्देशन पनि दिनुभयो ।

अनेमसंघ अर्घाखाँचीका अध्यक्ष दिपा आचार्यको अध्यक्षता, उपाध्यक्ष सुनिता भट्टराइकोको स्वागत मनतव्य र सचिव मेनुका पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज बिना ज्ञवाली, अनेमसंघ लुम्बिनी प्रदेश सह–इन्चार्ज लिला राना, एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसाल, प्रतिनिधिसभा सदस्य विजुला रायमाझी, सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, अनेमसंघ केन्द्रिय सदस्यद्धय विष्णुमाया आचार्य,माया भुसाल, अनेमसंघ लुम्विनी प्रदेश अध्यक्ष पम्फावती खनाल,काँग्रेस निकट नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रा गैरे,राजमो निकट अनेमसंघका केन्द्रिय महासचिव सकुन्तला राना,महिला नेतृ पवित्रा पौडेललगायतले शुभकामना मनतव्य राख्दै देशमा भएका हरेक राजनितिक परिवर्तनहरुमा महिलाहरुको उल्लेखनिय भुमिको रहेको भन्दै महिला मुक्ति आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा अनेमसंघ अर्घाखाँचीका पुर्वअध्यक्ष विष्णुमाया आचार्य र केन्द्रिय सदस्य माया भुसाललाइ सम्मान गरिएको थियो । सम्मेलनले आगामी कार्यकालको लागि नयां नेतृत्व समेत चयन गर्ने बताईएको छ ।


Last Updated on: August 2nd, 2024 at 2:20 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया