Trend

साउन २३, २०८१ बुधबार- बंगलादेशमा  मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले उनलाई अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेका हुन्। आन्दोलनरत विद्यार्थीको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको द न्युयोर्क टाइम्सले जनाएको छ। आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए। लगत्तै युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको हो।

अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ। अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ। युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए।   उनी शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन्। युनुस अहिले उपचारका लागि फ्रान्समा हुनुहुन्छ । सरकार प्रमुखमा चुनिएपछि उहाँ अब स्वदेश फर्किने तयारीमा रहेको खबरमा उल्लेख छ । s0urce:thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP