Trend
मंगलबार , असार ३१, २०८२

श्याम घिमिरे
साउन २९ अर्घाखाँची

परियार सेवा समाजका केन्द्रिय अध्यक्ष डिबी परियारले राज्यले नौमति बाजाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । परियार सेवा समाज अर्घाखाँचीको पाँचौ जिल्ला अधिवेशनको मंगलवार सन्धिखर्कमा उद्घाटनगर्दे अध्यक्ष परियारले यो वा त्यो वाहानामा राष्ट्रिय बाजालाइ व्यक्तिगत बाजाको नाम दिएर व्याख्या गरिरहदा राज्यले भने नौमति बाजाको बारेमा सोच्न नसकेको बताउनु भयो ।

आफुहरुको पटक पटकको मागलाइ सरकारले बेवास्ता गरे अदालतमा जाने चेतावनि दिदै परियारले सिप,कला,गला र संस्कृतिको धनि रहेको परियार जातिको एकताले आफुहरुलाइ हेलाहोचो गर्ने मान्छेहरुको मुटुमा ढयाङग्रो ठोकेको बताउनुभयो । परियारले राज्य निर्मातामा दलितहरुको अहम भूमिका रहेको भएपनि केहि दलित अगुवाहरुकै कारण दलित आन्दोलन कमजोर भएको पनि स्विकार गर्नुभयो ।

परियार सेवा समाज अर्घाखाँचीकमा अध्यक्ष मणिराम परियारको अध्यक्षता,जंग बहादुर परियारको स्वागत मनतब्य र सागर परियारको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा समाजका पुर्ब केन्द्रिय महासचिव खड्क दर्नाल,समाजका लुम्विनि प्रदेश संयोजक कृष्ण रणपाल,केन्द्रिय सदस्य अन्जान गौतम परियार,संस्थापक जिल्ला अध्यक्ष रामबहादुर परियार,पुर्ब केन्द्रिय सदस्य विष्णु परियार,ललितपुर जिल्ला सचिव कमल परियार,सन्धिखर्क नगरपालीका कार्यपालीका सदस्य सारदा परियार,संयुक्त दलित अधिकारकर्मी अर्घाखाँचीका सदस्य सचिव दिनेश सुनार,पत्रकार रुद्रमणि भुसाल,हिम जिसि लेकाली,श्याम घिमिरे,सन्धिखर्क नगरपालीका पुर्ब जनप्रतिनिधि आशा परियार,परियार सेवा समाजका प्रदिप परियार,जनजाति महासंघ अर्घाखाँचीका उपाध्यक्ष कृष्ण सारु,इन्सेक प्रतिनिधि कुलबहादुर नेपालीलगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

जिल्लाका ६ वटै पालीकाहरुवाट प्रतिनिधिहरुको सहभागीता रहेको अधिवेशनले जिल्ला कार्य समितिको चयन समेत गर्ने जनाइएको छ । कार्यक्रममा परियार सेवा समाजलाइ बिभिन्न क्षेत्रवाट सहयोग पु¥याउने जेष्ठ नागरीक लगायत समाजका अगुवाहरुलाइ दोसल्ला ओढाइ सम्मान गरीएको थियो । यसअघि समाजले सन्धिखर्क र चुत्रावेसी बजार क्षेत्रमा बाजाघाजा सहित र्याली निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP