Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
अर्घाखाँची श्रावण –३०

परियार सेवा समाज अर्घाखाँचीको अध्यक्षमा रमेश परियार निर्वाचित हुनुभएको छ । मंगलवार सम्पन्न पाँचौ जिल्ला अधिबेशनले परियारको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा बिजया सोनाम परियार,सचिबमा रञ्जित परियार र कोषाध्यक्षमा शिब परियार निर्वाचित हुनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा क्रमशः बसन्त परियार,चुमानसिंह परियार,पदम परियार,रामजी परियार,कृष्ण परियार,सागर परियार,विनीसा परियार, सारदा परियार,सुशिल परियार,पदम परियार,मिना परियार,टुकमान परियार,रामु परियार कमल पयिार, बसन्त परियार,नविन परियार,कमला परियार,कमल परियार,इस्वरी परियार र विजय परियार चयन हुनुभएको छ । समितिको सल्लाहकारमा मनिराम परियार,कमल परियार र आशा परियार रहनु भएको छ । यस अघि मंगलबार समाजका केन्द्रिय अध्यक्ष डिबि परियारले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

यसैबिच नयाँ नेतृत्व निर्वातिच भएसंगै परियार सेवा समाज अर्घाखाँचीले बुधवार बिहान सन्धिखर्कमा पत्रकार सम्मेलन समेत आयोजना गरेको छ । पत्रकार सम्मेलनमा समाजका केन्द्रिय अध्यक्ष डिबि परियारले समसमायीक बिषयबस्तु सहित परियार सेवा समाजको स्थापनाको उद्देश्य लगायतका बिषयबस्तु माथी प्रकाश पार्नु भएको थियो ।

परियार सेवा समाज अर्घाखाँचीका अध्यक्ष रमेश परियारको अध्यक्षता तथा पुर्ब केन्द्रिय सदस्य विष्णु परियारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका पुर्ब केन्द्रिय उपाध्यक्ष खड्क दर्नाल , केन्द्रिय सदस्य अन्जान गौतम परियार , जिल्लाका संस्थापक अध्यक्ष राम बहादुर परियार, प्रदेश सदस्य जंग परियार, पुर्ब अध्यक्ष रुद्र सुनाम निबर्तमान अध्यक्ष मनिराम परियार लगायत सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP