श्याम घिमिरे,
२०८१ भदौ १२ अर्घाखाँची
शहिद शोभाखर धनञ्जय (सरोज शर्मां) को ३८ औं स्मृति दिवस सम्पन्न भएको छ । क्रान्तिकारी पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा ३८ औं स्मृति दिवस सम्पन्न भएको हो । स्मृति सभामा बोल्दै पार्टीका लुम्बिनी प्रदेश ब्युरो सह–संयोजक कृष्ण केसीले सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र शहिदहरुको सपना पुरा गर्न सक्ने बताउनु भयो । केसीले दलाल संसदीय व्यवस्थामा दलालहरुकै मात्र बिगबिगी रहने भन्दै आमुल परिवर्तनकोलागि सम्पुर्ण देशभक्त शक्तिहरु एकजुट हुनपर्नेमा जोड दिनुभयो । केसीले शहिद शोभाखर धनञ्जयलाई सहिद घोषणा गर्न राज्यसंग बिभिन्न समयमा माग राखिएको भएपनि राज्यले सहित घोषणा गर्न नसक्नु उहाँप्रति अपमान भएको बताउनु भयो । उहाँले शोभाखर धनञ्जयलाई सहिद घोषणा गर्न सरकारसंग माग समेत गर्नुभयो ।
पार्टीका जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षता, कमल बिकको स्वागत मन्तव्य र कमल भुसालको सञ्चालनमा अघि बढेको कार्यक्रममा शहिद शोभाखर धनन्जयको तस्विरमा उपस्थित प्रमुख अथिति, अथिति लगायत सबैले माल्यार्पण गर्नुभएको थियो ।
कार्यक्रममा शहिद शोभाखरका भाई गिरी प्रसाद भुसाल,छोरी इन्दीरा भुसाल ,शहिद टंक भुसालकी जिवनसगिंनी सरस्वता भुसाल,क्रान्तिकारी टे«ड युनियन महासंघ जिल्ला संयोजक हिम्मत बिक,अखिल नेपाल युवक संघ जिल्ला सचिब तारा नेपाली, क्रान्तिकारी महिला संघका केन्द्रिय सदस्यद्धय माया नेपाली, मिना केसी,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सन्धिखर्क संयोजक खेमराज भट्टराईलगायतको उपस्थित रहेको थियो ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडानं.२, कुर गाउँमा २००१ साल असार ५ गते आमा हरिकला भुसाल र बुवा तिलकराम भुसालको दोस्रो सन्तानको रुपमा जन्म लिनुभएका शर्मालाई दिल्लीको बेलारोडमा संगठनको कार्यक्रम सकेर फर्कने क्रममा २०४३ साल भाद्र ११ गते सुनियोजित तरीकाबाट हत्या भएको थियो ।