श्याम घिमिरे,
२०८१ भदौ १२ सन्धिखर्क
अखिल नेपाल महिला संघ सन्धिखर्क नगर समितिको आयोजनामा शुभकामना आदान–प्रदान तथा तिज मिलन कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला ईन्चार्ज बोमबहादुर विकले तीज पर्वलाई महिला अधिकार र समानताको पर्वको रुपमा लिनुपर्ने बताउनुभयो । तिजले नेपाली महिलाको अधिकार प्राप्तिमा थप टेवा पुग्नुपर्नेमा जोड दिदै विकले तिजको नाममा भित्रिएका बिकृति र विसंगतीको अन्त्यगर्न बेलैमा पहल लिन महिलाहरूलाई आग्रह समेत गर्नुभयो ।
एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले अनेमसंघ राजनीति क्षेत्रमा मात्र नभइ कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नपनि लागिपरिरहेको बताउनुभयो । भुसालले देशमा भएका हरेक आन्दोलनमा महिलाहरुको अहम भूमिका रहेको भन्दै पार्टीे सधैब महिलाहरुको पक्षमा रहेको दाबि गर्नुभयो ।
अनेमसंघ केन्द्रीय सचिवालय सदस्य तथा संघीय सांसद विजुला रायमाझीले तिजको नाममा हुने सबैखाले विकृति र बिसंगतिहरु अन्त्य गर्न सबैको सकरात्मक भुमिका हुनुपर्ने बताउनुभयो । लामो समयको संघर्षपछि प्राप्त भएका महिलाहरुका हकअधिकारहरु सुरक्षित गर्न सबै महिलाहरु एकजुट हुनुको बिकल्प नभएको बताउदै रायमाझीले सबैखाले अन्याय अत्यचारको बिरुद्घमा लड्न सबै महिलाहरु एकजुट हुनु पर्नै धारणा ब्यक्त गर्नुभयो ।
सन्धिखर्क नगर अध्यक्ष पार्वता भुसालको अध्यक्षता,उपाध्यक्ष सुशिला भुसालको स्वागत मन्तव्य र सचिव आशा परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता कार्यकताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।