Trend

श्याम घिमिरे,
भदौ ३० अर्घाखाँची

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले पुनःखड्काको अध्यक्षतामा निर्विरोध रुपमा कार्य समितिको चयन गरेको हो । जसअनुसार समितिको बरीष्ठ उपाध्यक्षमा लक्ष्मीनारायण चुँदाली,उपाध्यक्षमा डिलाराम भुसाल,ज्ञानेन्द्र घिमिरे र कृष्ण प्रसाद बन्जाडे चयन हुनुभएको छ । यस्तै समितिको महासचिवमा कृष्ण प्रसाद भुसाल,सचिवमा दिपक बन्जाडे,सह-सचिवमा संजय नेपाली, कोषाध्यक्षमा तुल्सीराम पन्थी र सह–कोषाध्यक्षमा रिता बन्जाडे निर्वाचित हुनभएको छ ।

यस्तै समितिको सदस्यहरुमा देवराज घिमिरे,रामप्रसादपन्थी,सागर वली,प्रकाश चुँदाली,चिरञ्जीबी पन्थी सुनार,बाबुराम भुसाल,हरी प्रसाद गैरे,सलिम हुसेन,खिमबहादुर कँवर,नबराज बन्जाडे,प्रेम नारायण पोख्रेल,पुष्पा भाट,प्रदिप आचार्य,रञ्जित श्रेष्ठ र निराजन बस्याल चयन हुनुभएको हो । बैठकले सन्तोष पाण्डे (हेमराज), दामोदर बन्जाडे,रामु केसी र नमिता चुँदालीलाइ पनि समितिमा मनोनयन गरेको छ ।

यसअघि अधिवेशनको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ज्वलन गरि उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नेपालमा आर्थिक समृद्धि राम्रो नभएका कारण युवाहरु दैनिक विदेश पलायन हुने गरेको बताउनु भयो । जवसम्म युवाहरुलाइ स्वदेशमै राखिदैन तवसम्म आर्थिक समृद्धि सम्भव छैन भन्दै श्रेष्ठले पछिल्लो समय अनलाइन र विद्युतीय कारोवार मार्फत व्यवसायहरु सञ्चालन हुने गरेका कारण धेरै व्यवसायीहरु धरासायी बन्दै गएको भन्दै यसमा राज्यको ध्यानजान जरुरी रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य समेत सहनुभएका श्रेष्ठले पछिल्लो समय व्यापारीहरुका संघसंस्था बढ्दै जाँदा व्यवसायी नै मर्कामा परेको गुनासोपनि गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले पाँच लाख भन्दा कम पुँजीको व्यवसाय पालिकामा दर्ता हुने र त्यो भन्दा माथिको पुँजी भएका व्यवसायहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गरेको भन्दै त्यही प्रकारले बुझिदिन व्यवसायीलाइ आग्रह गर्नुभयो । न्यौपानेले व्यवसायीहसंग घरेलु कार्यालय संगसंगै रहेको पनि बताउनुभयो ।

व्यापार संघ लुम्बिनी प्रदेश उपाध्यक्ष नेत्रप्रसाद भुसालले राज्यले दिनप्रतिदिन करका दर बढाउँदै जाँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । पछिल्लो समय आम्दानीको श्रोत घट्दै जानु र करको दर बढ्दै जानुले व्यापारीहरु विस्थापित हुने क्रम बढेको भन्दै यसप्रति राज्यको ध्यानजानुपर्नेमा जोड दिनुभयो ।

अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्काको अध्यक्षता,डिलाराम भुसालको स्वागत मनतव्य र कृष्णप्रसाद भुसालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चुराबहादुर केसी, अर्घाखाँची उद्योग वाणिज्य संघका सचिवालय सदस्य पार्वता श्रेष्ठ, अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, निर्माण व्यवसायी संघ अर्घाखाँचीका सदस्य लक्ष्मण पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP