श्याम घिमिरे,
असोज ५ अर्घाखाँची
आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी, भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको १२ औं बार्षिक साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ववलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख श्रेष्ठले सहकारीको माध्ययमबाट समृद्धि सम्भव रहेको भन्दै सबैलाई सहकारीमा जोडिन आग्रह गर्नुभयो । श्रेठले सहकारीले उद्योग,व्यापार संगै कृषि र पशुपालनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड पनि दिनुभयो ।
पछिल्लो समय देशमा सहकारी आतंक बढीरहेको भन्दै श्रेष्ठले सहकारीले शेयर सदस्यहरुको लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उच्च घरानाका व्यक्तिहरुले कुनियत राखेर खोलेका सहकारीहरु धरासायी बनेको बताउदै श्रेष्ठले सहकारी डुब्नेगरी सञ्चालन गरिए कारबाही गर्ने चेतावनी समेत दिनुभयो । बाहीरी जिल्लाहरुमा सहकारी अपचलनका समस्याहरु आउने गरेको भएपनि अर्घाखाँचीमा त्यस्ता समस्याहरु नआउनेमा आफु विस्वस्त रहेको भन्दै सहकारीका सिद्धान्त अनुसार सहकारी संस्थाहरु सञ्चालनगर्न सबैलाइ आग्रह पनि गर्नुभययो ।
संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, मञ्जु आचार्यको स्वागत मनतब्य र बिमला केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष भुसालले संस्थाको प्रगति प्रतिबेदन,प्रस्तावित कार्यक्रम निति तथा योजना, कार्यालय व्यवस्थापक बसन्ता गुरुङ्गले प्रस्तावित बजेट सहितको प्रगति प्रतिबेदन, ऋण लगानी तथा धितो मूल्यांकन उपसमितिका संयोजक डिलाराम भुसालले बार्षीक प्रतिबेदन र लेखा सुपरीवेक्षक विष्णु प्रसाद बन्जाडेले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरीक, असल बचत कर्ता, असल ऋृणी,सफल उद्योमी, संस्थाका उत्कृष्ट कर्मचारी र पत्रकारलाई प्रमाणपत्र र जिन्सी सामान सहित सम्मान गरीएको थियो । सन्धिखर्क डान्स एकेडेमिका कलाकारहरुबाट नृत्य र सहकारीका सदस्य बिना पंन्थी लगायतको टिमबाट सचेतनामुलक गित प्रस्तुत गरिएको कार्यक्रममा मेगा बैंकका पुर्बअध्यक्ष भोजबहादुर शाह,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
१२ बर्षको समयमा दुई पटक डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट पुरस्कृत भएको साथी सहकारी हालसम्म आधा दर्जन भन्दा धेरै संघसंस्थाहरुबाट सम्मानित भएको जिल्लाको उत्कृष्ट संस्था मध्ये पर्दछ । हालसम्म संस्थामा ३ हजारभन्दा बढी शेयर सदस्य, करिब ३६ करोड शेयर पुँजी , झण्डै साढे १४ करोड ऋण लगानी र २० करोड भन्दा धेरै बचत रहेको संस्थाले जनाएको छ ।
पछिल्लो समय संस्थाको कार्य क्षेत्र बिस्तार भइ कपिलबस्तु, रुपन्देही र अर्घाखाँची गरी ३२ वटै पालीकामा कामगर्नको लागी सहकारीले अनुमति प्राप्त गरेको अध्यक्ष भुसालले बताउनुभयो । सहकारीले विभिन्न सामाजिक कार्यक्रम र रचनात्मक कामगरी केवल सदस्यको मात्र नभई जिल्लाकै मन जित्न सफल भएको छ । संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम, तालीम, छात्रबृत्ति बितरण, राहत बितरणलगायतका उल्लेखनिय गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको संस्थाले जनाएको छ ।