Trend

श्याम घिमिरे,
असोज ७ अर्घाखाँची

सेभ द चिल्ड्रेन ग्लोबल फण्डको सहयोगमा अर्घाखाँचीमा एचआईभी तथा टि.भि रोग रोकथाम र सचेतना सम्बन्धी काम गर्दे आईरहेको मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा आप्रवासी तथा उनिहरूको दम्पतीहरूलाई केन्द्रीत एचआइभी रोकथाम सम्बन्धि सरोकारवालाहरुसंग एच.आई.भि समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्लामा संस्थाको खटनपटन राम्रो रहेको भन्दै संस्थाले गरेको कामको प्रसंशा गर्नुभयो । कोइरालाले कार्यक्रमको निरन्तरता संगै सहभागीहरुबाट आएका सकारात्मक सुझाबहरुलाइ मनन्गर्दे अगाडि बढ्न आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद पोख्रेलकोे अध्यक्षता र मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका कार्यकारी निर्देशक बिजय कुमार श्रेष्ठको स्वागत मनतब्य र गिता भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा एचआईभी पोजेटिभ भएका व्यक्तिहरुको अबस्था,एआरटी औषधि प्रयोग लगायत एचआईभि संग सम्बन्धित बिविध बिषयहरुमा छलफल समेत भएको थियो ।

कार्यक्रममा मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रकी अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत गिता भुसालले संस्थाले जिल्लामा हालसम्म गरेको कार्यप्रगति,उपलब्धि, भाबि योजना, र चुनौति लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।

स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतले मनतब्य राख्दै संस्थाले हालसम्म गरेको कामको प्रसंशा गर्दे कार्यक्रमलाइ निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

यसैबिच संस्थाको चारबर्षे अबधिमा अर्घाखाँचीमा १७ जना एचआईभी पोजेटिभ व्यक्तिहरु फाइन आउट भएकोे र १७ जनालाई नै औषधि सञ्चालन गरिएको अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत भुसालले बताउनुभयो । प्युठानको सदरमुकाम खलंगामा केन्द्रीय कार्यालय रहेको मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रले अर्घाखाँचीमा सन २०२१ देखि काम गर्दे आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP