
श्याम घिमिरे,
असोज १८ अर्घाखाँची
कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीले आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती आय व्यय तथा जिल्लागत अवस्थाको बारेमा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको छ । कार्यालयले सुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती संगै जिल्लाको अवस्थाको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख छविन्द्र बेल्वासेले गत आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती र जिल्लाको अबस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा लेखा समुहका संयोजक सहितका अन्य पदाधिकारहिरुको उपस्थिती रहेको थियो । कार्यक्रम कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा बिकको सञ्चालनमा सम्पन्न भएको हो ।