बिहिबार ३१ बैशाख २०८३

श्याम घिमिरे,
असोज १९ सन्धिखर्क
नेकपा (एमाले) सन्धिखर्क नगरपालीका वडानम्वर २ को वडा स्तरीय पार्टी सदस्य भेला सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । आगामी कार्तिक ३ गते हुने नेकपा (एमाले) सन्धिखर्क नगरपालीकाको दोस्रो नगर अधिबेशनकोलागि वडाबाट प्रतिनिधि छनौट गर्न भेला सम्पन्न भएको हो । भेलाले २३ जना पार्टी सदस्यहरुलाइ अधिबेशन प्रतिनिधिमा सर्बसम्मत चयन गरेको हो । भेलाले १२ जना खुल्ला, ५ जना महिला र ६ जना दलित गरी २३ जनालाइ प्रतिनिधिमा छनौट गरेको पार्टी वडा कमिटी अध्यक्ष नारायाण खड्काले जानकारी दिनुभयो ।

यसअघि भेलालाइ एमाले जिल्ला सदस्य तथा सन्धिखर्क २ नम्वर वडा इन्चार्ज मोतिजंग रायमाझी,जिल्ला सदस्य तथा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,सुश्मा श्रेष्ठ,एमाले पुर्ब जिल्ला उपाध्यक्ष इश्वरा पोख्रेललगायतले मनतब्य राख्दै मिसन ०८४ मा अर्घाखाँची जिल्लालाइ एमालेमय बनाउन सबै लाग्नुपर्नेमा जोड दिदै सोहि अनुसार काममा लाग्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।

वडाभित्रका पार्टी सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम पार्टी वडाकमिटी अध्यक्ष नारायण खड्काको अध्यक्षता,उपाध्यक्ष यमलाल पौडेलको स्वागत मनतब्य र उपसचिव पबित्रा सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो । २ नम्वर वडामा ३०३ जना पार्टी सदस्यहरु रहेको अध्यक्ष खड्काले बताउनुभयो ।


Last Updated on: October 5th, 2024 at 2:50 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया