Trend

✍️डिल्ली राज घिमिरे

नयाँ दीप बाल्दै सखासाथ आएँ
पहाडी धरामा स्वयम् मुस्कुराएँ
म कोर्ने छु गम्दै उनै शब्द माला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

खुसी हुन्छ सम्पन्न देखेर छाती
कुनै छन् बिगार्ने कुनै खास साथी
यही देशभित्रै हटून् मुख्य जाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

रची गीत नौलो सुनाई कहानी
बित्यो रात जम्मै रुझाई सिरानी
कठै झोपडीमा लगाएर ताला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

हजारौँ र लाखौँ बटुल्दै सितारा
नजाती कुभाँती लगाऔँ किनारा
सबैको कलाले बलोस् दिव्य पाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

जनादेशभित्रै गरेको प्रहार
यहाँ छन् उनैका चुनावी प्रचार
ठगी गर्छ सारा बजाएर गाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची
प्रकाशन मिति : २०८१ कात्तिक १

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 25 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन

भाेलि इदको सार्वजनिक बिदा


TOP