Trend
सोमबार , मंग्सिर ३०, २०८२

✍️डिल्ली राज घिमिरे

नयाँ दीप बाल्दै सखासाथ आएँ
पहाडी धरामा स्वयम् मुस्कुराएँ
म कोर्ने छु गम्दै उनै शब्द माला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

खुसी हुन्छ सम्पन्न देखेर छाती
कुनै छन् बिगार्ने कुनै खास साथी
यही देशभित्रै हटून् मुख्य जाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

रची गीत नौलो सुनाई कहानी
बित्यो रात जम्मै रुझाई सिरानी
कठै झोपडीमा लगाएर ताला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

हजारौँ र लाखौँ बटुल्दै सितारा
नजाती कुभाँती लगाऔँ किनारा
सबैको कलाले बलोस् दिव्य पाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

जनादेशभित्रै गरेको प्रहार
यहाँ छन् उनैका चुनावी प्रचार
ठगी गर्छ सारा बजाएर गाला
बुझेको छु यो जिन्दगी पाठशाला ।।

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची
प्रकाशन मिति : २०८१ कात्तिक १

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न


TOP