Trend

कार्तिक–४ अर्घाखाँची,
नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले सन्धिखर्कको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुशल भुसालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटीको सर्वसम्मत चयन गरेको छ । अध्यक्ष भुसाल नेकपा एमालेका जुझारु र बौद्धिक युवानेता हुन् । पहिलो अधिवेशनमा सचिव निर्वाचित भएका उनले केही महिना यता कार्यवाहक अध्यक्ष भएर काम गर्दै आएका थिए । जिल्ला रेडक्रस सोसाईटीका सभापति समेत रहेका उनि अहिले मुख्यमन्त्री चेतनारायण आचार्यका मुख्य स्वकीय सचिव छन् । नवगठित कमिटीको उपाध्यक्षमा नारायण खड्का,सचिव तुल्सीराम रायमाझी ,उपसचिव डिलाराम बन्जाडे र आसा परियार चयन भएका छन् ।

यसैगरी सदस्यमा प्रभा पाण्डे पोख्रेल,लिलावती भट्टराई,मतिलाल खनाल,बलबहादुर बि.सी.,फर्सुराम पाण्डे,प्रकाश बस्नेत,पारस पराजुली,देवी श्रेष्ठ ,प्रेमप्रसाद श्रेष्ठ, सीता कुँवर रायमाझी,गोमा श्रेष्ठ ( उमा),शिवप्रसाद पोख्रेल,लेखनाथ भुसाल,वावुराम भुसाल,अशोक जि.सी.,दिपक नेपाली,धनकला बि.क.,खिमबहादुर मुखिया,बिक्रम नेपाली,ठाकुर प्रसाद श्रेष्ठ,गोमा भुसाल,खिमु गिरी, ठाकुर प्रसाद पौडेल,सीता अधिकारी,सीता भुसाल,सीता सुनार,राधिका खत्री,सुरतबहादुर थापा ( बिक्रम) लेखबहादुर खत्री क्षेत्री,श्रृजना परियार,अरुण रायमाझी,सरस्वती खड्का,थम्मन बहादुर थापा क्षेत्री,शोभाकला पोख्रेल,रुपा नेपाली,शान्ता अर्याल,गोकर्णराज बन्जाडे,तुल्सी प्रसाद भुसाल,दिपक सुनार,आषिश राना मगर,देवी खड्का,रमेश कुमार थापा,सालिकराम चुँदाली,बलबहादुर रायमाझी,जिवबहादुर बि.क. ठाकुर गन्दर्भ,चमकला भुसाल,डिलबहादुर राना भाट,खुमराज खनाल,ईन्द्रबहादुर बि.क.,निर्मला पाण्डे आचार्य,भगवता गौतम,तेजप्रसाद भुसाल,पूर्णबहादुर कुँवर,खगेश्वर बि.क.,पार्वता श्रेष्ठ,,कृष्णबहादुर नेपाली,डार्भिन कुमार बस्याल,मधुकुमार श्रेष्ठ र पशुपति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी लेखा समितिको अध्यक्षमा बसन्त श्रेष्ठ,उपाध्यक्ष कमला आचार्य मिश्र,सचिव बिशाल कार्की र सदस्यमा लक्ष्मी खनाल ( लक्की) चयन भएका छन् । निर्वाचित कमिटीका सदस्यहरुलाई नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य बोमबहादुर बि.क.ले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP