बिहिबार ३१ बैशाख २०८३

                                                                                    निम्बतरु

न लिंगेपीङ न चंगा,
अहिलेको दशैंमा
न चहलपहल न केटाटीहरुका होहल्ला,
कति सुन्सान,
मुस्कान ।

देउरालीको अर्धाङ्ग ,
चौतारोको एक पाखो,
फुङ्ग उडेको,

निधार भरिएपनि,
मन रित्तो छ,
अर्धाङ्ग तलाउमा खसेको चन्द्रमाजस्तो,
मन आधा छ ।

पीङको लठ्ठामा चढेर हुँइकिदै ,
हिमालभन्दा माथि पुग्छ शरीर
तर स्खलित मन ,
भईँमा गलेर फ्यात्त खस्छ ।


Last Updated on: October 20th, 2024 at 6:41 am
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया