निम्बतरु
न लिंगेपीङ न चंगा,
अहिलेको दशैंमा
न चहलपहल न केटाटीहरुका होहल्ला,
कति सुन्सान,
मुस्कान ।
देउरालीको अर्धाङ्ग ,
चौतारोको एक पाखो,
फुङ्ग उडेको,
निधार भरिएपनि,
मन रित्तो छ,
अर्धाङ्ग तलाउमा खसेको चन्द्रमाजस्तो,
मन आधा छ ।
पीङको लठ्ठामा चढेर हुँइकिदै ,
हिमालभन्दा माथि पुग्छ शरीर
तर स्खलित मन ,
भईँमा गलेर फ्यात्त खस्छ ।