आइतबार २८ आषाढ २०८३

                                डिल्ली राज घिमिरे

दिएनौ तिमीले कचौरा र पानी
झरे दन्त मेरा बढेको जवानी
सधैँ शून्य लाग्यो फलेको छ आलु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

थिए भ्रष्ट पापी यिनै हुन् दलाली
परैबाट हेरी बजायो त ताली
रुँदैछन् यहाँ लौ फुटालेर तालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

बसेको छ जन्ता सधैँ लौ नुगेर
झुकाए उनैले सभामा पुगेर
गरी खानलाई दिँदैनन् त भालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

यहाँ देशको नै सुरक्षा भएन
युवा वृद्धको क्यै अवस्था रहेन
सुनेनन् पुकार्दा सबै माझ कालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

यहाँ सृष्टि रच्ने स्वयम् हो विधाता
पुकार्दै छु मैले हरे विश्वमाता
नुगाएर हाँगो भएको छ चालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

लेखक : डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची
                                       प्रकाशन मिति :२०८१ कात्तिक २३


Last Updated on: November 8th, 2024 at 3:29 am
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया