Trend
शुक्रबार , कार्तिक २९, २०८२

                                डिल्ली राज घिमिरे

दिएनौ तिमीले कचौरा र पानी
झरे दन्त मेरा बढेको जवानी
सधैँ शून्य लाग्यो फलेको छ आलु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

थिए भ्रष्ट पापी यिनै हुन् दलाली
परैबाट हेरी बजायो त ताली
रुँदैछन् यहाँ लौ फुटालेर तालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

बसेको छ जन्ता सधैँ लौ नुगेर
झुकाए उनैले सभामा पुगेर
गरी खानलाई दिँदैनन् त भालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

यहाँ देशको नै सुरक्षा भएन
युवा वृद्धको क्यै अवस्था रहेन
सुनेनन् पुकार्दा सबै माझ कालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

यहाँ सृष्टि रच्ने स्वयम् हो विधाता
पुकार्दै छु मैले हरे विश्वमाता
नुगाएर हाँगो भएको छ चालु
स्वयम् हेर्न सक्छौ भरौटे र ठालु ।।

लेखक : डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची
                                       प्रकाशन मिति :२०८१ कात्तिक २३

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २६, २०८२ मंगलबार 10 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 10 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 14 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 18 Views

गजल

  अषोज ११, २०८२ शनिबार 19 Views

गजल

  अषोज ११, २०८२ शनिबार 24 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

ताजा अपडेट
धेरै पढिएको

TOP