
श्याम घिमिरे
कात्तिक २४ अर्घाखाँची
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कको अध्यक्षमा कमल प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा अधिवेशनले पुनः घिमिरेको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति निर्बिरोध निर्वाचित गरेको हो । नवगठित समितिको उपाध्यक्षमा टोपलाल खनाल, सचिवमा नारायण प्रसाद भुसाल र कोषाध्यक्षमा शिब बेल्वासे चयन हुनुभएको छ । आगामी ३ बर्षको लागि गठन गरिएको सञ्चालक समितिको सदस्यमा माधवा भुसाल घिमिरे,गणेश पौडेल,चोपनारायण बन्जाडे, पबित्रा सापकोटा,डिलबहादुर रायमाझी,बिशाल खनाल र राधा खत्री निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक चन्द्र प्रसाद बन्जाडेले जानकारी दिनुभयो । अधिवेशनले रामलाल भुसाल संयोजक,सिता बन्जाडे भुसाल र मित्र मिश्र सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि निर्बिरोध गठन गरेको छ ।

यसअघि अधिवेशनको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख श्रेष्ठले सहकारी ठगीका कारण मुलुक अस्तव्यस्त भएको भन्दै सहकारीको नाम ल्याउदा जनता त्रसीत हुने बाताबरणको अन्त्य गर्न राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सरकारले सहकारी ठगहरुलाइ जेल हाल्ने काम गरीरहेको भन्दै सरकारलाइ धन्यवाद पनि दिनुभयो ।
सहकारीले शेयर सदस्यहरुको लगानीको सुरक्षा गर्ने पर्ने बताउदै नगरप्रमुख श्रेष्ठले बाहीरी जिल्लाहरुमा सहकारीको रमक हिनाविना गरेको समाचारहरु आइरहेपनि अर्घाखाँचीमा यस्ता समस्याहरु नआउनेमा आफु विस्वस्त रहेको बताउनुभयो । सहकारीले आफ्नो गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै श्रेष्ठले सहकारीहरु धेरै नभइ थोरै र गुणस्तरीय हुन आवश्यक रहेकोमा जोड समेत दिनुभयो । श्रेष्ठले सहकारीहरुलाइ उत्पादन,कृषि र उद्योगका क्षेत्रहरुमा लगानी गर्न प्रोत्साहन गर्दे त्रिवेणी सहकारीले गरेका कामहरु प्रशंसनीय रहेकोले आगामी दिनहरुमापनि प्रशंसनिय काम गर्न आग्रह गर्नुभयो
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले सुशासनयुक्त सहकारी, कुसल नेतृत्व र असल व्यवस्थापनकै कारण त्रिवेणी सहकारी जिल्लामै नमुना सहकारीको रुपमा स्थापित भएको भन्दै मुक्तकण्ठले प्रसंशा गर्नुभयो । भुसालले जिल्लामा ठुलो संस्था निर्माणकोलागी सहकारीहरु मर्जमा जानुपर्नेमा सबै सहकारीहरुको ध्यानाकार्षण पनि गराउनुभयो ।
सन्धिखर्क नगरपालीका सहकारी शाखा प्रमुख मन्जु खनालले नगरपालीका सहकारीको बिकासकोलागी सहयोग गर्न तयार रहेको बताउनु भयो । जिल्ला बचत संघका अध्यक्ष दोर्ण प्रसाद भुसालले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा सहकारीहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै सहकारीको बिकासमा सबैले ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष कमल प्रसाद घिमिरे, लेखा सुपरिवेक्षण समितिको तर्फबाट चोपलाल बन्जाडे र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पत्रकार महासंघ जिल्ला कोषाध्यक्ष रुद्रमणी भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबिच सहकारीले साधारणसभाको अवसर पारी ७० बर्ष माथिका ६ जना जेष्ठ सदस्यहरु आत्माराम भुसाल,नरेन्द्र बहादुर थापा,कृपराम पोख्रेल,टोपलाल खनाल,गुनबहादुर घर्तिमगर र बिणाराम भुसाललाई सम्मान गरेको छ ।
यस्तै सहकारीले सेयर सदस्यहरुका छोराछोरीको तर्फबाट एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बन्दना खत्री,गौरब भुसाल,दिपा भुसाल र प्रशान्त भट्टराई सहित पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने पत्रकार रुद्रमणी भुसाललाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा असल कारोवारीहरु मित्र बहादुर खत्री,सबिता भुसाल,टोपलाल पन्थी,बैकुन्ठ प्रसाद खनाल,विष्णुचन्द खनाल र कमल बोहोरालाइ सम्मान गरीएको हो ।
यस्तै सहकारीले सञ्चालन गरेको पहिलो मालीक सम्मान कार्यक्रम अन्र्तगत कल्पना वली,मोहनराज भुसाल,संगिता पोख्रेल,गिता पन्थी,कमल प्रसाद खनाल,ओमलाल पन्थी,खुमकला भुसाल,मिना अधिकारी,खिमानन्द खनाल,दिपाली जैसी भुसाल,लक्ष्मी वली क्षेत्री र प्रियंका खनाललाइ सम्मान गरेको हो ।
२०६८ सालमा स्थापित संस्थामा हाल १३ सय भन्दा धेरै शेयर सदस्यहरु आबद्ध रहेको र १८ करोड २८ लाख बराबरको पुँजी रहेको जनाईएको छ । पछिल्लो समय संस्थाले जिल्लामा बिभिन्न सामाजीक र सचेतनामुलक गतिबिधिहरु समेत सञ्चालन गर्दे आईरहेको संस्थाका व्यवस्थापक तुल्सी खनालले बताउनु भयो । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, कोषाध्यक्ष टोपलाल खनालको स्वागत मनतव्य र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।