Trend

श्याम घिमिरे,
कात्तिक २९ अर्घाखाँची,
अर्घाखाँचीको शितगंगा नगरपालिकामा भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन् । ३५ वर्षीय भान्जा तिलक रेश्मीको हत्यामा संलग्नता रहेको भन्दै शितगंगा नगरपालिका–६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्र बहादुर गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

गत सोमबार साँझ दुबै जनाले मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गरेको र राति अन्दाजी ११ बजेको समयमा घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मल्लले बताउनुभयो । मृतक रेश्मी नजिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेका थिए । गाहालाइ अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न गाहालाइ बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले सार्बजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन

भाेलि इदको सार्वजनिक बिदा


TOP