Trend

श्याम घिमिरे,
कात्तिक २९ अर्घाखाँची,
अर्घाखाँचीको शितगंगा नगरपालिकामा भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन् । ३५ वर्षीय भान्जा तिलक रेश्मीको हत्यामा संलग्नता रहेको भन्दै शितगंगा नगरपालिका–६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्र बहादुर गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

गत सोमबार साँझ दुबै जनाले मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गरेको र राति अन्दाजी ११ बजेको समयमा घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मल्लले बताउनुभयो । मृतक रेश्मी नजिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेका थिए । गाहालाइ अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न गाहालाइ बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले सार्बजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP