Trend

श्याम घिमिरे,
कात्तिक ३० सन्धिखर्क

सन्धिखर्क नगरपालीकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुसंग योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सन्धिखर्क नगरपालीकाको सभाहलमा सम्पन्न भएको छ । आ.व २०८१/८२ मा स्वीकृत वार्षिक कार्यक्रमको योजना कार्यान्वयन तथा व्यवस्थापन लगायतका विषयबस्तुमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको योजना उपशाखा प्रमुख दिलिप केसीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले समग्र विषयबस्तु सहितको प्रस्तुती गर्नुभएको कार्यक्रममा शाखा अधिकृत तथा तालीम प्रशिक्षक मञ्जु खनाल, लेखा अधिकृत नवराज गौतम, तालीम प्रशिक्षक तथा कम्प्यूटर अधिकृत दिलिप केसी र सव ईन्जिनियर प्रेमनारायण खनालले कार्यक्रममाथी प्रकाश पार्नुका साथै योजनाको कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सहित मनतब्य राख्नुभएको थियो ।

सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता, शाखा अधिकृत मञ्जु खनालको स्वागत मनतव्य र योजना उपशाखा प्रमुख दिलिप केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर प्रवक्ता मोतिजंग रायमाझी, वडानं.१ का अध्यक्ष माधव श्रेष्ठ,सहभागीहरुको तर्फवाट जीवनारायण आचार्यलगायतले मनतव्य राख्नुभएको हो । कार्यक्रममा बिभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP