शुक्रबार २९ जेठ २०८३

                                                      निम्बतरु –

समाजलाई बाँध्न पनि एउटा मियो चाहिन्छ भन्छन् ए ।

जस्को वरिपरि हामी घुम्नुपर्छ रे ।

तब एकैठाउँ गोलबध्द भइन्छ रे ।

एकएकओटा दाम्लोमा

हामी अघि देखि नै बाँधिएकै हो

राजनैतिक दाम्लोमा

के बाँदरलाई स्वर्गमा पनि केरा मिल्छ ?

हामीले सोच्यौं

एउटा मियोमा घुमेर सिमितले दाईँ लगाए

पछाडिकाको पिठ्युँमा चोट पुग्छ सिङ जोगिन्छ

तब किलो भाँच्यौं

अब अलग अलग दाम्लोमा बाँधिएर

फरक फरक तरिकाले

लाग्छ

सिङ र पिठ्युँ जोगिन्छ

किलो ठोक्दा

न सिङ जोगियो न पिठ्युँ

किलो थिलो थिलो

अस्त व्यस्त

प्रकाशन मिति : २०८१ मंसिर १३


Last Updated on: November 28th, 2024 at 3:34 am
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया