शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे,
मंसिर १४ सन्धिखर्क

नेकपा एमाले सन्धिखर्क नगरपालीका वडानम्वर १० को दोस्रो वडाअधिवेसन सुक्रवार सम्पन्न भएको छ । अधिवेशनले हरी प्रसाद मरासीनीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा शेरबहादुर ढकाल,सचिवमा कल्पना क्षेत्री र उपसचिवमा सरीता चुँदाली तथा प्रकाश आचार्य रहनु भएको छ ।

अधिवेसनको उद्घाटन गर्दै एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज बोमबहादुर बिश्वकर्माले विकास र समृद्धिको यात्रा पुरा गर्ने सामर्थ्य नेकपा एमाले संग मात्र रहेको बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षा र राजनीतिक परिवर्तनको निम्ति नेकपा एमालेले खेलेको भूमिका अतुलनीय रहेको भन्दै बिश्वकर्माले नेकपा एमाले सुशासन र सामाजिक न्याय सहितको विकासको पक्षमा दृढता पुर्वक उभिएको पष्ट पार्नुभयो ।

बिश्वकर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले छोंटो समयमा पनि उल्लेख्यकाम गरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाएको,राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर विकास निर्माणको कामलाई तिब्रता दिएको,भ्रष्टाचार नियन्त्रणको निम्ति निर्ममता पूर्वक लागिपरेको दाबि समेत गर्नुभयो । गाउँगाउँमा व्यापक रुपमा बिकास निर्माणका काम भैरहेको भन्दै बिश्वकर्माले छिटो,छरितो र पारदर्शी कामको निम्ति चनाखो बन्न सबैलाइ आग्रह गर्नु भयो । उहाँले ८४ को चुनावमा एकल बहुमत ल्याउनेगरी काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नगर समन्वयकर्ता मोतिजंग रायमाझी,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्य,जिल्लासदस्यद्धय लक्ष्मी नारायण चुँदाली,शान्ता भुसाल र सन्धिखर्क नगर अध्यक्ष कुशल भुसाललगायतले मन्तव्य राख्दै उच्च मनोवलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रम पार्टी निबर्तमान अध्यक्ष रिषीकेश भुसालको अध्यक्षता र हरीप्रसाद मरासीनीको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबिच अधिबेशनले मालता भुसालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटीको गठन पनि गरेको छ ।

 


Last Updated on: November 29th, 2024 at 11:57 am
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया