शुक्रबार ०५ आषाढ २०८३

मंसिर २१, २०८१ शुक्रबार- नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना खुलाएको हो । यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ ।

भर्ना छनौट शाखाका अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके, सुदूरपश्चिम तालिम केन्द्र दियायलका साथै काठमाण्डौ, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने व्यवस्था मिलाइएको छ । यही मङ्सिर २७ गतदेखि माघ ७ गतेसम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।

source:ujyaaloonline


Last Updated on: December 6th, 2024 at 3:38 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया