
श्याम घिमिरे, फागुन १५ अर्घाखाँची –
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा संघकी अध्यक्ष लक्ष्मी कुँवरबाट सन्धिखर्क २ मा रहेकाे श्री सिद्धेश्वर शिवालय संचालक समितिकाे मातहतमा संचालित पाणिनि वेद वेद विद्याश्रका गुरुवर्ग तथा विद्यार्थी वटुकहरुको लागि एक छाक भोजन व्यवस्थापन र पोसाक वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लको संचालनमा भएको कार्यक्रममा सिद्वेश्वर शिवालय मन्दिर संचालक समितिका अध्यक्ष तथा पाणिनि वेद विद्याश्रमका प्रमुख संरक्षक नारायण प्रसाद खनाल , वि.व्य.स. का अध्यक्ष कृष्ण प्रसाद भुसाल , नेपाल महर्षि फाउन्डेसनका गुरुकुल निरिक्षक पुरूषाेत्तम पौडेल ,पाणिनि वेद विद्याश्रमका सहायक प्रधानाध्यापक सुमन्त प्रसाद पोख्रेललगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै संघकी अध्यक्ष कुँवरले धर्म संस्कृतिकाे रक्षा र सम्बर्द्धनगर्न लागि परेकाे पवित्र संस्थामा सहयोग गर्न पाउदा आफुहरू हर्षित भएकाे बताउनु भएकाे थियाे ।
