
जितेन्द्र खत्रि,
फागुन २७ ढाकावाङ्ग
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका २, ढाकावाङ्गमा रहेको भगवति कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीको सहयोगमा पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम अन्तर्गत २५ जना कृषकहरुलाई प्रति ब्यक्ति ५० वटाका दरले कुखुरा बितरण गरेको छ ।

ग्रामिण क्षेत्रमा रहेका स्थानिय किसानहरुलाई रोजगारि श्रृजना गर्ने पोषणमा सुधार ल्याउने उद्देश्यले स्थानिय जातका कुखुरा बितरण गरेको पसु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा भूमिकास्थान नगरपालीका वडा नं २ का अध्यक्ष बुद्धि बहादुर थापाले कार्यक्रम बाट राम्रो आय आर्जन बढाउन तथा पोषणमा सुधार ल्याउन महत्वपुर्ण सहयोग पुर्याउने विस्वास व्यक्त गर्नुभयो ।
किसानलाई कुखुरा सहित औषधि तथा आवश्यक भिटामिनका साथै दाना पानी खुवाउने भाडा उपलब्ध गराईएको हो । सहकारीवाट छनोट भएका २५ जना किसानहरुलाई प्रति सदस्य ५०/५० का दरले एक हजार दुई सय कुखुरा बितरण गरिएको हो । कार्यक्रम सहकारीका अध्यक्ष गणेश सुनारको अध्यक्षता भेटेरीनरी अस्पतालका योगेन्द्र मरासिनीको संचालनमा सम्पन्न भएको हो ।
वडा सदस्य नारायण प्रसाद खनाल, भेटेरिनरि अस्पतालका वरीष्ठ पसु विज्ञ राधा पाण्डे,सहकारीका पदाधिकारी लगायतको उपस्थितिमा बितरण गरिएका कुखुरा भेटेरीनरी अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्रद्वारा प्रदेश सरकारको स्वामित्वमा रहेको कुखुरा बिकास फर्म नेपालगंजबाट ल्याई बितरण गरिएको जनाइएको छ ।