Trend
बिहिबार , असार २६, २०८२

केपी भुसाल अजस

धर्तीको शिर यो सधै चहकिलो, छेकेर छेकिन्छर,
नेपाली जनको छ छाप खुनको, मेटेर मेटिन्छर।
पुर्खाको इतिहास गौरवमा, धोका कहाँ हुन्छर,
संसारी गतिमा समोच्च नभए, नेपाल बन्ने छर।।

सीताजी भृकुटी तथा जनकको,अस्तित्व लुक्ने छर,
शान्तिक्षेत्र विख्यात बुध्दमहिमा,क्षिप्ने कतै हुन्छर।
सानो त्यो बलभद्रको टुकडिले, भोकै लडेथे तर,
यस्ता वीर र साहसी कदमको,भुल्ने मिता हुन्छर।।

यो धर्ती भरमा पवित्र थलता, नेपाल नै हैनर,
यस्तो पावन देवभूमि महिमा, ढाकेर ढाकिन्छर।
स्वार्थी क्वै जनले कुचाल रचदै,धोका दिएमा तर,
पापी ती खतकी जुका मुलुकका,क्षिप्ने सधै हुन्छर।।

पुर्खाको इतिहास सज्जनहरू भुल्ने हुदैनन् तर,
अज्ञानी कपटी सधै अघिबढे,नेपाल बन्ने छर।
नेपाली जन नै सचेत नभए, कस्ले व्यथा बुझ्छर,
आफ्नो देश र मातृभूमि महिमा,भन्दा ठुलो के छ र।।

नेपाली शिरमा रिनैरिन भए, कस्ले ठूलो ठान्छर,
अर्का कै भरमा समृध्द हुनता,को नै कहाँ हुन्छर।
आफ्नै पौरखमा रमाइ रहने, नेपाल मै हैनर,
धर्तीको अतिउत्तम शान टुकडी स्वर्गैसरी हैनर।।

उर्जा धेर दिने छ शक्ति यसमै,यस्तो कहाँ मिल्छर,
धेरै जात जडीबुटी उपजको, नेपाल नै हैनर।
छन् भण्डार यहाँ सबै खनिजका,के नै कमी पो छर,
यस्को शान उँचो बनाउन सधै,जन्ता विना हुन्छर।।

बस्नै पर्छ युवा यसै मुलुकमा, हट्छन् सबै बन्जर,
गर्नै पर्छ अनेक उद्यमहरू, बाँचिन्छ आफ्नै भर।
मिल्छन् औसर मातृभूमि यसमै,के नै कमी पो छर,
राखौंहै सबले स्वदेश गरिमा,नेपाल हाम्रो घर।।
प्रकाशन मिति :२०८१ चैत २२

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 6 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 21 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 22 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 16 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 18 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 17 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP