
अर्घाखाँची २७ चैत २०८१ – प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि ऋषी पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताउनु भएको छ । जिल्लाको पाणिनी गाँउपालीका वडानम्वर १ र २ को सिमानामा रहेको पाणिनी तपोभूमिमा आजवाट शुरु भएको ‘पाणिनि तपोभूमि सम्मेलन २०८१’को उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले तपोभूमि स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकसित गर्न सरकार लागी परीरहेको बताउनुभयो । ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वती, नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ ।

आज र भोलि गरी दुई दिनसम्म चल्ने सम्मेलन लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेका हुन् ।
विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलनको आयोजना गरिएको हो ।