
श्याम घिमिरे
अर्घाखाँची २०८१ चैत २८ –
अर्घाखाँचीमा चट्याङ लागेर एक जना वृद्धकोे ज्यान गएको छ । जिल्लाको भूमिकासाथ नगरपालिका १० धनचौर लिसेपानी बस्ने ७२ वर्षीय यम बहादुर घर्तीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।

बुधवार राती ८ बजेको समयमा चट्याङ लागी बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पताल ल्याइएकोमा राति साढे १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतक आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागेको र चट्याङबाट घरको भित्तामा समेत क्षति पुगि चर्किएको जनाइएको छ । । घरमा रहेका अन्य परिवार सकुशल रहेका प्रहरीले जनाएको छ ।