Trend

श्याम घिमिरे
अर्घाखाँची २०८१ चैत २८ –

अर्घाखाँचीमा चट्याङ लागेर एक जना वृद्धकोे ज्यान गएको छ । जिल्लाको भूमिकासाथ नगरपालिका १० धनचौर लिसेपानी बस्ने ७२ वर्षीय यम बहादुर घर्तीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।

बुधवार राती ८ बजेको समयमा चट्याङ लागी बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पताल ल्याइएकोमा राति साढे १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतक आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागेको र चट्याङबाट घरको भित्तामा समेत क्षति पुगि चर्किएको जनाइएको छ । । घरमा रहेका अन्य परिवार सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP